Advertisement

अखिल क्रान्तिकारी निर्वाचनको मतगणना जारी, अध्यक्षमा सापकोटा र राईबीच टक्कर

काठमाण्डु | माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता लिइरहेका छन् । उनलाई हेमन्त राईले पछ्याइरहेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको हो ।

सापकोटाले ४५३ मत पाएका छन् । त्यस्तै राईले ३९९ मत ल्याएका छन् भने उपदेश यादवले १६८ र सुदिन पौडेलले १४२ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ ।

लुम्बिनी प्रदेशमा अध्यक्ष पदका उम्मेदवार विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् ।

यस्तै कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन् ।

बागमती, विशेष र विश्वविद्यालयको मतगणना हुन बाँकी छ ।

यसबीच लुम्बिनी प्रदेशमा पदाधिकारी सबैको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवारमध्ये खुला सचिवमा सर्वाधिक मत प्रशान्त बन्जाडेले पाएका छन् ।

दोस्रोमा प्रेम जैसीले ६५ र तेस्रोमा हरिबहादुर वलीले पाएका छन् । यसैगरी सचिव छात्रामा समकृति पुनले ८१, दोस्रोमा सविता थापाले ७३ मत पाएका छन् । यस्तै सचिव आदिवासी जनजातिमा दिपेश मगरले ६३ मत पाएका छन् ।

सचिव दलितमा हरेन्द्र बहादुर विकले ८९ मत पाएका छन् । सचिव मधेसीमा अमर मण्डलले सर्वाधिक ५२ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा सर्वाधिक ७२ मत फुलमाया रानामगरले पाएकी छिन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज