Advertisement

Day: २७ कार्तिक २०८१, मंगलवार

पहिले नोक्सानीमा रहेको एनएमबी लघुवित्त अहिले नाफामा

पहिले नोक्सानीमा रहेको एनएमबी लघुवित्त अहिले नाफामा

अर्थ
काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको एनएमबी लघुवित्त वित्तीय संस्था अहिले नाफामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७१ लाख ५४ हजार रुपैयाँ छ । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा गएको हो । यस्तो आम्दानी पहिले ५ करोड ७४ लाख रुपैयाँ रहेकोमा अहिले ८ करोड ८ लाख रुपैयाँ छ । लोनलस प्रोभिजनवापतको रकम ६१ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा छ । निष्क्रिय कर्जामा सामान्य सुधार देखिएको छ । कुल कर्जामा यस्तो कर्जा गत वर्षको असोजमा ७.२७ प्रतिशत रहेकामा अहिले ६.३७ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा रहेको यसको सेयर मूल्य प्रतिकित्ता ७५२ रुपैयाँ छ ।...
भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’

भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चितवन। तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ । हिउँ खेलेर रमाइलो गर्न मन हुनेहरू हिमालतिर जाने गरेका छन् । पर्यटन प्रवर्धनका लागि नयाँ नयाँ पूर्वाधार निर्माण गर्ने क्रममा चितवनका युवकले गरे के हुँदैन र ? भन्ने पुष्टि गरेका छन् । अब भने चितवनको भरतपुरमा नै बाह्रै महिना हिउँ खेल्न पाइने भएको छ । यहाँका युवा उद्यमी सुलक्ष पोखरेलले भरतपुर महानगरपालिका–९, मिलनचोकमा स्नो पार्क (हिउँ खोल्ने स्थान) निर्माण गर्नुभएको हो । दुई करोड रुपियाँको लगानीमा स्नो पार्क निर्माण गर्नुभएको छ । गत वैशाखदेखि निर्माण सुरु गरेकोमा भर्खरै सञ्चालनमा आएको हो । उहाँले लक्ष्मीपूजाको दिनबाट सञ्चालनमा आएको ‘स्नो पार्क’ पूर्ण तयारीका साथ सञ्चालनमा आउन भने केही समय लाग्ने जानकारी दिनुभयो । नवलपरासीको कावासोतीमा आइसक्रिम उद्योग सञ्चालन गर्दै आउनुभएका पोखरेलले भारतका विभिन्न स्...
फिरफिरे फिरिरी अब माघमा

फिरफिरे फिरिरी अब माघमा

मनोरञ्जन
काठमाडौं । विन्ध्यवासिनी क्रियसन प्रालिको ब्यानरमा निर्मित फिल्म फिरफिरे फिरिरी अब माघ महिनामा मात्र रिलिजमा आउने भएको छ। नवीन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थीलगायतले अभिनय गरेका छन्। हरर कमेडी जनराको फिल्ममा निर्देशक भट्ट र सन्दीप श्रेष्ठको स्क्रिप्ट, प्रशान्त सिवाकोटीको संगीत, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको पाश्र्व संगीत, जितु तामाङको छायांकन,र अनन्त घिमिरेको सम्पादन रहेको छ। विन्दवासिनी क्रियसनको ब्यानरमा मनोजकुमार अधिकारीद्वारा निर्मित फिल्ममा नितिश पुन सहनिर्माता रहेका छन्।...
‘कन्दरा’ र स्वप्न सुमन लन्डनमा गुन्जिने

‘कन्दरा’ र स्वप्न सुमन लन्डनमा गुन्जिने

मनोरञ्जन
काठमाडौँ । नेपालको स्थापित म्युजिक ब्यान्ड ‘कन्दरा’ र गायक स्वप्न सुमनले लन्डनमा एकसाथ कार्यक्रम गर्ने भएका छन् । म्युजिक ब्यान्ड ‘कन्दरा’ले आफ्नो यात्राको ३२ औँ वर्षगाँठ पारेर विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सवको रूपमा कार्यक्रम गर्ने भएको हो । आगामी ४ जनवरीमा आयोजना हुने कार्यक्रममा गायक स्वप्न सुमनले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । कार्यक्रमको आयोजक मामाघर इन्टरटेनमेन्ट रहेको छ । कार्यक्रममा कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ । आफ्नो कालजयी गीत सङ्गीत र अहिले मातृभूमि नेपालको आन्तरिक पर्यटनको संवाहक बनी पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौँ गीत उक्त कार्यक्रममा प्रस्तुत हुनेछन् । कन्दराले आत्मसात् गरेको लोक पप धुनहरू आजपर्यान्त लाखौ...
रविलाई रूपन्देही ल्याउँदा रास्वपाले प्रदर्शन गर्ने

रविलाई रूपन्देही ल्याउँदा रास्वपाले प्रदर्शन गर्ने

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
भैरहवा | सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याउँदा नेता कार्यकर्ताहरूले प्रदर्शन गर्ने भएका छन् । लामिछानेलाई आज बिहान कास्कीबाट रूपन्देही ल्याइँदै छ ।  भैरहवाको बुद्धचोकबाट र्‍यालीसहित जिल्ला प्रहरी कार्यालय हुँदै देवकोटा चोकमा आएर कोणसभा गर्ने रास्वपाका रूपन्देहीका संयोजक बुद्धि शर्माले जानकारी दिए । ‘हामी कुनै पार्टी र नेताविरुद्ध नारा लगाउँदैनौं,' शर्माले लोकान्तरसँग भने, ‘बिहान साढे ११ बजे बुद्धचोकबाट र्‍याली शुरू हुन्छ । प्रदर्शन मर्यादित बनाउन हामीले आचार संहिता नैं बनाएका छौं ।’ सहकारी पीडितले न्याए र जनताको रकम फिर्ता हुनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले बताए ।  पोखराको जस्तो आन्दोलन र प्रदर्शन रुपन्देहीमा नहुने शर्माले संकेत गरे । कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका पूर्वगृहमन्त्रीसमेत ...
काठमाडौँ–१६ : उपनिर्वाचनको मुखमा माओवादीका वडा कमिटी अध्यक्षले छाडे पार्टी

काठमाडौँ–१६ : उपनिर्वाचनको मुखमा माओवादीका वडा कमिटी अध्यक्षले छाडे पार्टी

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ | स्थानीय तह उपनिर्वाचनको मुखमा  माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटीका अध्यक्षसहित ११ जनाले पार्टी छाडेका छन् । वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । थापाले आफूहरुले नयाँलाई समर्थन गर्नको लागि पार्टी परित्याग गरेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका देवेन्द्र श्रेष्ठलाई समर्थन गर्नेगरी उनीहरुले पार्टी परित्याग गरेको बताइएको छ । पार्टी परित्याग गरिएकोबारेको विज्ञप्तिमा पनि उनीहरुले देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै वडा नम्बर १६ को पार्टी कमिटीको जिम्मेवारीबाट अलग भएको उल्लेख छ । साथै काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत विज्ञप्तिमा उल्लेख छ । वडा नम्बर १६ का अ...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान

ताजा अपडेट, लुम्बिनी, समाचार
काठमाडौं | आजबाट कतार एयरवेजले पनि  दोहाबाट काठमाडौं र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार कतारले दैनिक एक उडान दोहा–काठमाडौं–भैरहवा रुटमा गर्ने गरी अनुमति लिएको छ । दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवाबाट यसभन्दा पहिला नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् । कतार एयरवेजले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्ने महाप्रबन्धक तिवारीले बताए । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो ।...
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व

तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
काठमाडौँ | हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक म...
चितवनको पहिलो पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिप सौराहामा तयार, केटीएम ग्रुपले जनवरीदेखि सञ्चालन गर्ने

चितवनको पहिलो पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिप सौराहामा तयार, केटीएम ग्रुपले जनवरीदेखि सञ्चालन गर्ने

अर्थ, बागमती, ब्यापार
काठमाडौं | केटिएमको ग्रुपको पाँच तारे लक्जरी रिसोर्ट रोयल ट्युलिप चितवनको सौराहामा तयार भएको छ। रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ। सञ्चालक रामेश्वर शाहले २०८१ असारदेखिनै सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि रिसोर्टको भित्रि काम ढिलाई भएको कारणले अंग्रेजी नयाँ वर्षमा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको  बताए। रिसोर्ट सञ्चालन गर्न कम्पनीले उच्च तहका कर्मचारीहरु भर्ना सुरु गरेको छ। सञ्चालक शाहका अनुसार रोयल ट्युलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तीका लागि भर्ना खोलिएको  छ । मंसिर भित्रमा कर्मचारीहरु भर्ना गरिसक्ने र पुस  अर्थात जनवरीदेखि सञ्चालनमा ल्याउने उनले बताए। रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भएपनि त्यहाँ आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरु सकेसम्म स...
स्थापना भएको ४० बर्षपछि विद्यालयमा पक्की भवन

स्थापना भएको ४० बर्षपछि विद्यालयमा पक्की भवन

गण्डकी, शिक्षा, समाचार
म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिए । “विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भने, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।” जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताए। तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल रु ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज