Advertisement

चितवनको पहिलो पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिप सौराहामा तयार, केटीएम ग्रुपले जनवरीदेखि सञ्चालन गर्ने

काठमाडौं | केटिएमको ग्रुपको पाँच तारे लक्जरी रिसोर्ट रोयल ट्युलिप चितवनको सौराहामा तयार भएको छ। रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ। सञ्चालक रामेश्वर शाहले २०८१ असारदेखिनै सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि रिसोर्टको भित्रि काम ढिलाई भएको कारणले अंग्रेजी नयाँ वर्षमा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको  बताए।

462651892_589241870121640_3540503289652138232_n-1731240796.jpg
रिसोर्ट सञ्चालन गर्न कम्पनीले उच्च तहका कर्मचारीहरु भर्ना सुरु गरेको छ। सञ्चालक शाहका अनुसार रोयल ट्युलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तीका लागि भर्ना खोलिएको  छ । मंसिर भित्रमा कर्मचारीहरु भर्ना गरिसक्ने र पुस  अर्थात जनवरीदेखि सञ्चालनमा ल्याउने उनले बताए।

रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भएपनि त्यहाँ आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरु सकेसम्म स्थानीयहरु र नभए नेपालीनै राखेर सञ्चालन गर्ने सोच राखेको सञ्चालक शाहले जानकारी दिए। व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरुलाई रोजगारीमा पहिलो प्राथमिकता दिएको उनले बताए। स्थानीयहरुको आयस्तरवृद्धिका लागि क्षमता अनुसारको काम दिन आफु तयार रहेको उनले बताए।

केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण भएको रिसोर्टको अगाडिपट्टि भएको सामुदायिक जंगलमा पाहुनाले सहजै वन्यजन्तु हेर्न सक्ने व्यवस्था मिलाइएको छ। सौराहाको संस्कृति र परम्परा झल्किने रिसोर्टमा पाहुनाका लागि स्वीमिङ पुल, फिटनेस सेन्टर, स्पा, ५०० जना क्षमताको सम्मेलन हल, बिजनेस सेन्टरलगायत सुविधा रहने छ।

३ बिघा क्षेत्रफलमा निर्माण भएको रिसोर्टमा ६५ वटा लक्जरी कोठा र चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम रहेको छ।  सो रिसोर्टमा २१ वटा भवन संरचना बनेको छ। तीमध्ये १४ वटा भवन एक तल्लाका, दुई तल्लाको चारवटा र तीनवटा भवन तीन तल्लाको रहेको छ।

462642938_3921732411372358_7811493431724270720_n-1731240815.jpg
रिसोर्ट प्रवेश गरेलगत्तै रिसेप्सन, बिजनेस लाउन्ज, बार, किचन रहेको छ। प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ। रिसोर्टमा हेल्थक्लब र स्पा सञ्चालन हुने छ।

रिसोर्टमा  हेल्थ क्लब, पाँच सय क्षमताको बैंक्यूट हल, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ। कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने जनाएको छ। होटलको व्यवस्थापन भने युरोपको लुभ होटल्स समूहले सम्हालिसकेको छ। होटल रोयल ट्यूलिप ब्राण्डमा नै सञ्चालन हुने छ।

लुभ होटल्स युरोपको दोस्रो ठूलो र विश्व बजारमा ११ वटा ब्राण्डमा होटल तथा रिसोर्ट सञ्चालनमा रहेको छ। नेपालमा भित्रिएको  ब्राण्ड लुभ होटल्सको सबैभन्दा उच्चस्तरी लक्जरी ब्राण्ड हो।

WhatsApp-Image-2024-11-10-at-9.22.00-PM-(1)-1731255946.jpeg
रिसोर्टमा ३ वटा वाटर भिल्ला, चार तला माथि १ वटा मचान भिल्ला, हेलिप्याड, ग्रिलबार, चिल्ड्रेन पार्क रहेको छ। रिसोर्ट भित्र १ फन्को लगाउदा १ किलोमिटरको ट्रेल हुन्छ। अहिले स्पोर्टस बारको निर्माणको तयारी समेत भैरहेको जनाएको छ।

केटिएम ग्रुपको पहिलो रिसोर्ट हो। केटिएम हस्पिटालिटी सन २०२० को जनवरीमा स्थापना भएको हो। रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको छ। होटलको लागत १ अर्ब ५० करोड रुपैयाँ लगानी पुगेको छ।

WhatsApp-Image-2024-11-10-at-9.22.02-PM-1731255909.jpeg

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज