Advertisement

Day: ३ आश्विन २०८१, बिहीबार

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

अर्थ, बागमती
काठमाडौँ | महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ । नेपाल आएका भारतीय नागरिकलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न बैंक र मनकामनाबीच मंगलबार उक्त सहकार्य भएको हो । बैंकले फोन पेसँगको सहयोगमा उक्त सुविधा ल्याएको जनाएको छ । योसँगै भारतीय भुक्तानी सेवा प्रदायकका माध्यमबाट बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना मन्दिरको दर्शन शुल्क तिर्न सकिने बैंकले बताएको छ ।...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अर्थ, ट्रेन्डिङ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१  पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भए...
गठबन्धन सरकारको संकल्प,  सेयर बजारमा लगानीकर्ताका लगानी सुरक्षित गरिने

गठबन्धन सरकारको संकल्प, सेयर बजारमा लगानीकर्ताका लगानी सुरक्षित गरिने

अर्थ, ट्रेन्डिङ
काठमाडौँ | सरकार गठन भएको दुई महिनापछि सत्ता गठबन्धनले बुधबार ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ सार्वजनिक गरेको छ। कांग्रेस–एमाले कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता बुधबार सार्वजनिक गर्दै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपूरक हुने गरी सञ्चालन गरिने जनाइएको छ । संकल्पमा दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चत गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपुरक हुनेगरी सञ्चालन गरिने उल्लेख छ। उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गरिने भनिएको छ भने आर्थिक क्रियाकलापलाई तीब्रता दिन पुँजीगत खर्च गर्ने क्षमता वृद्धि गरिने संकल्प लिइएकाे छ। ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिका उत्तोलक (ग्रोथ इञ्जिन) का रुपमा आत्मसात गर्दै त्यसको आत्मविश्वास, भरोसा र उत्साहलाई बढाउने...
हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

ट्रेन्डिङ, मनोरञ्जन
काठमाडौँ |  गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् । उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् । नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् । प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको प्रि– मिक्सिङ्ग कमल थापा मगर गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ्ग भने स्मायस्वेत रसाईलीले गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको उक्त गीतको मुख्य अभिनयमा गायक शर्मा, रजनी गुरुङ, डोना थापा मगर लालना चिमरिया, एलिश राई लगयातलाई देख्न सकिन्छ । गीतको भिडियो गायक शर्माकै युट्युवच्यानल हेमन्त शर्मामार्फत संगी...
राष्ट्रिय नाटक महोत्सव सम्पन्न

राष्ट्रिय नाटक महोत्सव सम्पन्न

मनोरञ्जन
काठमाडौँ ।  गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइएको छ । रिमालको शतवार्षिकीका अवसरमा बुधबार आयोजित राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी र कला तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरूप माधव भण्डारीको लेखन रहेको नाटक घरजमले पहिलो पुरस्कार जितेको छ । सोही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गीमगरले अभिनेतृको अवार्ड हात पार्नुभएको छ । लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतिसम्बन्धी गणेशप्रसाद पौडेलको लेखन र विशालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भएको थियो । सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड पाउनुभयो । त्यस्तै बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको...
‘यो दिलको पाइलट तिमी’मा सुरेश र सञ्चिताको अभिनय (भिडियोसहित)

‘यो दिलको पाइलट तिमी’मा सुरेश र सञ्चिताको अभिनय (भिडियोसहित)

मनोरञ्जन
काठमाडौँ । गायिका स्वाती भाट र गायक साइराज खातीको स्वरमा रहेको नयाँ गीत ‘यो दिलको पाइलट तिमी’ सार्वजनिक गरिएको छ । गीतमा कुमार मिश्रको शब्द, सङ्गीत, र राजेन्द्र बजगाईँको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियोमा सुरेश कोहली र सञ्चिता बोलाखेले अभिनय भूमिकामा छ  । भिडियोको छायाङ्कन शुबिन गोदारले गरेका छन् भने कोरीयोग्राफी सियोन श्रेष्ठ र सम्पादन राकेश दाहाल रहेका छन् । https://youtu.be/TtLr5fn9o4k...
मुग्लिङ–नारायणगढ सडकखण्ड भासिँदै

मुग्लिङ–नारायणगढ सडकखण्ड भासिँदै

ट्रेन्डिङ, बागमती, समाचार
चितवन। स्थायी समाधान हुन नसक्दा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलोमा सडक भासिने गरेको छ ।  यो सडक सञ्चालनमा आएदेखि विभिन्न स्थानमा सडक भासिने र त्यसलाई पुरेर अस्थायी उपायबाट सञ्चालन हुँदै आएको छ । केही वर्षअगाडि यो सडकखण्ड फराकिलो बनाउने कार्य सम्पन्न भएपछि नौ किलो र १७ किलोमा सडक भासिने समस्या हरेक वर्ष आएको थियो । दुई वर्षअगाडि १७ किलोमा मर्मत गरेपछि अहिले समस्या आएको छैन डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो । यही सडकखण्डको नौ किलोमा भने समस्या समाधान हुन सकेको छैन । आइतबार राति सडक भासिएपछि यातायात एकतर्फी मात्रै सञ्चालनमा आएको थियो । सोमबार दिउँसो सामान्य मर्मत गरेपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । अहिले यातायात सञ्चालनमा आए पनि कुन समयमा फेरि सडक भासिन्छ, त्यो थाहा नहुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर साहले बताउनुभयो । सडक...
संविधानको मर्मअनुसार सरकारले काम गरिरहेको छ:मुख्यमन्त्री आचार्य

संविधानको मर्मअनुसार सरकारले काम गरिरहेको छ:मुख्यमन्त्री आचार्य

लुम्बिनी, समाचार
लुम्बिनी | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सङ्घीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्ना कामलाई जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनकेन्द्रित विकासको माध्यमबाट ‘समृद्ध लुम्बिनी प्रदेश’ निर्माणमा प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री आचार्यले सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको उल्लेख गरे। उनले संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको बताए। “सेवाप्रवाहको नवीन भूमिकामा प्रदेश संरचना रहेको छ। कानुन निर्माणदेखि कार्यान्वयनक...
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ। आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण गरिएको छ। संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछ। नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलन...
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी

एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी

लुम्बिनी, समाचार, स्वास्थ्य
बाँके । “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको । मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देख्नु र सुनेकी छन् । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उनको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । पछिल्लो समय  यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उनको विश्वास छ । बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज