Advertisement

ताजा अपडेट

विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । त्रिभुवन अन्र्तरािष्ट्रय विमानस्थलको पार्किङ शुल्क उठाउने जिम्मेवारी नयाँ कम्पनीलाई दिनका लागि खुलाइएको ठेक्का आह्वानमा एउटा पनि आवेदन परेको छैन । विमानस्थलमा भएको पार्किङ शुल्क उठाउने ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको थियो । ३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा एउटा पनि आवेदन नपरेपछि पुन ठेक्का आह्वान गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । असोृज १६ गते (आज) आह्वान गरिएको ठेक्काका लागि ३० दिनभित्र आवेदन दिनुपर्नेछ । ठेक्का लिन चाहनेले न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्म कबोल गरेको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ । यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ । सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकिएपछि नयाँ ठेक्का प्रक्रियाको आह्वान भइरहेपनि अहिले उसैले पार्क...
बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको  छ ।   साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ । वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने  गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए ।  उनले भने, ‘वर्षाका कारण वस्ती  डुबानमा नै रहेको अवस्था छ ।  राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ ।’ सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ ज...
बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
हेटौँडा । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ । मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ । साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी...
मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन्। संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो। सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराइन्। मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा. राणा वासिङ्टन डिसीमा छिन् ।...
ओली फर्केपछि बस्दै एमालेको सचिवालय बैठक

ओली फर्केपछि बस्दै एमालेको सचिवालय बैठक

ताजा अपडेट, समाचार
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।
काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काभ्रे | तीन दिनसम्म परेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक नै बगाएपछि अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । हिजो शनिवार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीहरुमध्ये बिरामी, ...
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहिन

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहिन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ । गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । प्रालि अध्यक्ष खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक यात्रु तथा चालक र सहचालकसहित ४ जना थिए । बीच बाटोमा थप यात्रु चढे/नचढेको यकिन नरहेको उनको भनाइ थियो ।...
सरकारले बोलायो सर्वदलीय बैठक

सरकारले बोलायो सर्वदलीय बैठक

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । सरकारले सर्वदलीय बैठक बोलाएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका ’boutमा छलफल गर्न सरकारले आज अपराहन्न १ सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक बोलाएको हो । विगत तीन दिन देखि परेको अविरल बर्षाका कारण राजधानी काठमाडौँसँग मोफसलको सडक सम्पर्क टुटेको छ भने अहिलेसम्म बाढी पहिरोमा परि ६६ जना भन्दा बढीको मृत्यु भएको छ ।...
बाढी पहिरोले  पुर्‍याएको क्षतिप्रति पूर्व राजा शाहद्वारा दुःख व्यक्त

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्व राजा शाहद्वारा दुःख व्यक्त

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । धेरै वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नहुँदा ठुलो मानवीय र भौतिक क्षति हुन दुःखद भएको उनले बताएका हुन् ।  दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि उनले आफ्नो गम्भीर चासो रहेको उल्लेख गरेका छन् । साथै उनले मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनु पर्ने भन्दै तदारुक प्रयत्न गर्न सरकारसँग आग्रह गरेका छन् ।...
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सुनसरी | बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज