गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । प्रालि अध्यक्ष खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक यात्रु तथा चालक र सहचालकसहित ४ जना थिए । बीच बाटोमा थप यात्रु चढे/नचढेको यकिन नरहेको उनको भनाइ थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।