नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
मंगलबार अपरान्ह देउवाको बूढानीलकण्ठ निवासमा दुई नेताबीच भेट भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
पुस २३, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रम बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरुको सहभागी रहेको थियोे । कार्यक्रममा उपस्थित दुग्ध व्यवसायीहरुले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकत्व भूमिका हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्षले प्रदेश दुग्ध विकास बोर्डले सरकार किसान र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था सहित बिशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरि नमुना प्रदेशको रुपमा विकास गर्न तत्पर रहेको कुरा बताए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बा...
मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्।
बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। घाइते सबैको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
त्यसैगरी, ओखलढुंगामा एक घर पूर्ण रूपमा क्षति हुँदा दुई घरमा सामान्य क्षति भएको छ। सोलुखुम्बुमा एक घर पूर्ण, एक आंशिक र तीन सामान्य क्षति भएको छ। ताप्लेजुङमा तीन तथा संखुवासभा, सिन्धुपाल्चोक र रामेछापमा एक–एक घरमा क्षति भएको प्रहरीले जनाएको छ।
आज बिहान ६ः५० मा नेपालको उत्तरपूर्वी सीमानजिकै केन्द्र भएर गएको सात रेक्टर स्केलको भूकम्पमा परी चीनमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। घाइतेको संख्या १३० नाघेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।...
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६ .८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु९गहिराइ० १० किलोमिटर छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्ल...
गाजा (इजरायलले शनिबार गाजा युद्ध विराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।
गाजा शहरमा रहेको अल(घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरु भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका छन् ।
बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् । काट्जका अनुसार प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् ।
हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनल...
काठमाडौं | नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति माघ ११ लाई तोकिएको छ । निर्माण पक्षले बिहीबार पोस्टर जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
पहिला यस फिल्मको प्रदर्शन मिति कात्तिक ३० गते तोकिएको थियो । कात्तिक १५ बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को आक्रमक व्यापार गरिरहेकाले चेपुवामा पर्ने सक्ने अनुमानसहित निर्माण पक्षले निर्धारित मितिमा प्रदर्शन स्थगन गरेको थियो । निर्देशक दीपेन्द्र गौचनका अनुसार यस फिल्ममा ९० प्रतिशतभन्दा बढी स्क्रिन टाइमा नाजिर र सृष्टिकै छ । फिल्मा उनीहरुसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतको अभिनय रहेको छ । अमितेष शाह विशेष भूमिका छन् ।
दीपेन्द्र करिब तीन दशकपछि नयाँ फिल्म लिएर नेपाली दर्शकमाझ आउन लागेका हुन् । यो फ...
वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब चार करोड राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।...
काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।...
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् ।
त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका मा...
फुङ्लिङ | ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन्। आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरेका छन्।
कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो। जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यह...