हुम्ला : दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि गएका हुम्लाका २५ वर्षिय धुव्र शाही र सोही ठाउँकी २४ वर्षीया मनसुरा शाहीको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ। बिहान ८ बजेतिर दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि उनीहरु सियाणली खेला गएका थिए।
काठमाडौं । त्रिभुवन अन्र्तरािष्ट्रय विमानस्थलको पार्किङ शुल्क उठाउने जिम्मेवारी नयाँ कम्पनीलाई दिनका लागि खुलाइएको ठेक्का आह्वानमा एउटा पनि आवेदन परेको छैन । विमानस्थलमा भएको पार्किङ शुल्क उठाउने ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको थियो ।
३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा एउटा पनि आवेदन नपरेपछि पुन ठेक्का आह्वान गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । असोृज १६ गते (आज) आह्वान गरिएको ठेक्काका लागि ३० दिनभित्र आवेदन दिनुपर्नेछ । ठेक्का लिन चाहनेले न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्म कबोल गरेको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ ।
यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ । सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकिएपछि नयाँ ठेक्का प्रक्रियाको आह्वान भइरहेपनि अहिले उसैले पार्क...
सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।
वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए । उनले भने, ‘वर्षाका कारण वस्ती डुबानमा नै रहेको अवस्था छ । राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ ।’ सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ ज...
हेटौँडा । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ ।
मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ । साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी...
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन्। संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो।
सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराइन्। मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा. राणा वासिङ्टन डिसीमा छिन् ।...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् ।
बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।
काभ्रे | तीन दिनसम्म परेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक नै बगाएपछि अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ ।
हिजो शनिवार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको थियो ।
सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीहरुमध्ये बिरामी, ...
गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।
गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । प्रालि अध्यक्ष खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक यात्रु तथा चालक र सहचालकसहित ४ जना थिए । बीच बाटोमा थप यात्रु चढे/नचढेको यकिन नरहेको उनको भनाइ थियो ।...
काठमाडौँ । सरकारले सर्वदलीय बैठक बोलाएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका ’boutमा छलफल गर्न सरकारले आज अपराहन्न १ सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक बोलाएको हो ।
विगत तीन दिन देखि परेको अविरल बर्षाका कारण राजधानी काठमाडौँसँग मोफसलको सडक सम्पर्क टुटेको छ भने अहिलेसम्म बाढी पहिरोमा परि ६६ जना भन्दा बढीको मृत्यु भएको छ ।...
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । धेरै वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नहुँदा ठुलो मानवीय र भौतिक क्षति हुन दुःखद भएको उनले बताएका हुन् । दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि उनले आफ्नो गम्भीर चासो रहेको उल्लेख गरेका छन् ।
साथै उनले मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनु पर्ने भन्दै तदारुक प्रयत्न गर्न सरकारसँग आग्रह गरेका छन् ।...