Advertisement

शिक्षा

रत्ननगर–१२ का प्रकृतिलाई उच्च शिक्षाका लागि स्कुटर प्रदान

रत्ननगर–१२ का प्रकृतिलाई उच्च शिक्षाका लागि स्कुटर प्रदान

ताजा अपडेट, बागमती, शिक्षा
रत्ननगर । शारीरिकरूपमा अशक्तता भई हिँडडुल गर्न नसक्ने तथा कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने सपना पूरा गर्न नसकेकी रत्ननगर–१२ का प्रकृति देवकोटालाई रत्ननगर नगरपालिकाले सहयोग गरेको छ । कम्मरभन्दा तलको भागले टेक्न नसक्ने शारीरिक समस्या भएकी उनको स्नातक अध्ययन गर्ने सपना नगरपालिकाले पूरा गरिदिने भएको छ । सोमबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गर्दै उनको बाँकी शैक्षिक यात्राका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘रत्ननगरमा आर्थिक अभावका कारण पढ्नबाट कोही पनि वन्चित हुनु पर्दैन’, उनले भने, नगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने प्रकृतिजस्तै विद्यार्थीहरुका लागि हो ।’ शहीद स्मृति बहुमुखी क्याम्पससम्म जान आउन सहज होस् भनेर चारपाङ्ग्रे स्कुटर प्रदान गरिएको र उनका लागि आवश्यक शैक्षिक शुल्क, स्टेसनरी लगायतका सामग्रीको लागि पन...
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

Breaking News 1, मधेस प्रदेश, शिक्षा, स्वास्थ्य
महोत्तरी | विगत एक सातादेखि गर्मी बढेपछि महोत्तरीका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले मंगलबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन्। अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन्। ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु मंगलबारदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताए। मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए। महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ। बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी मंगलबारदेखि चार दिनका लागि नगरभित...
सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

ताजा अपडेट, बागमती, शिक्षा
भरतपुर । सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ती घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ती घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवद्र्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ती उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक÷एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एक/एक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती प्रदान गरिने अध्यक्ष पौडेल...
जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

कर्णाली, शिक्षा, समाचार
जुम्ला | जुम्लाको सिञ्जा गाउँपालिकाकामा ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन्। पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ। साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अंक भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताए। बाह्रवटा सूचकमध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ । मूल्यांकन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ। पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।...
शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।तर आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरण भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् । पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्ट कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ । त्यस्तै, विद्यालयतर्फ सामुदा...
शिक्षकको बिदाइमा धरधरी रोए विद्यार्थी

शिक्षकको बिदाइमा धरधरी रोए विद्यार्थी

बागमती, शिक्षा
भरतपुर । मुखसम्मै छोपिने गरी घाँटीभरि माला र खादा छन् । विद्यार्थीहरु भावुुक र मौन बसेका छन् । केही विद्यार्थीको आँखा आँसुले भरिएका छन्, कोहीका आँखा रसाएका छन् त कोही धरधरी रोएका छन् । विद्यार्थीको एक समूह बाजागाजासहित धुमधामले नाचगान गरिरहेको छ । उपस्थित अभिभावकहरु भनिरहेका थिए, ‘शिक्षक हुनु त यस्तो पो, जसको बिदाइमा सारा विद्यार्थी रोए !’ यो दृश्यचित्र भरतपुर महानगरपालिका वडा नं–२१ मा रहेको अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरको हो, जहाँ आइतबार शिक्षक कृष्णप्रसाद गौतमको बिदाइ कार्यक्रम बाजागाजासहित चलेको थियो । शिक्षक गौतमको बिदाइमा के विद्यार्थी, के अभिभावक सबै भावुक बनेका थिए । अन्नपूर्णाका प्रधानाध्यापक बटुकलाल तामाङले मुटु गाँठो पारेर नै बिदाइ गर्नुपर्ने बाध्यता आएको बताए । उनले भने, ‘नचाहँदानचाहँदै पनि बिदाइ गर्नुपर्ने अवस्था आयो, विद्यालयले यस्तो शिक्षक सायदै पाउने छ जसले तन, ...
माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, शिक्षा
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो ।स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो ।माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुले भिषा...
पठनपाठन सञ्चालन गर्न माग गर्दै विद्यार्थी

पठनपाठन सञ्चालन गर्न माग गर्दै विद्यार्थी

शिक्षा
काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका–३ मा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी प्लेकार्ड सहित पठनपाठन सञ्चालन गर्न माग गर्दै आन्दोलनमा । यसअघि सञ्चालन हुँदै आएको अनलाईन पठनपाठन कलेज प्रशासनले विगत ४१ दिनदेखि बन्द गरेपछि आफूहरुको भविष्य अन्योलमा पर्ने भन्दै छिटो कक्षा सञ्चालन गर्न माग गरेको हो । ...
कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

शिक्षा
काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो । ...
खाँडाचक्रका नगरपालिका कालिकोटमा  विद्यालय सञ्चालनमा

खाँडाचक्रका नगरपालिका कालिकोटमा विद्यालय सञ्चालनमा

शिक्षा
काठमाडौँ । खाँडाचक्र नगरपालिकाले नगर  क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागारइंले जानकारी दिनुभयो । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा  विद्यालय सञ्चालनका लागि निर्देशन  दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी  विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज