Advertisement

शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।तर आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरण भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् । पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्ट कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ ।

त्यस्तै, विद्यालयतर्फ सामुदायिकतर्फ दाङको श्रीमावि तुल्सीपुर सेन्टर र निजीतर्फ काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।

देशभरका सार्वजनिक विद्यालयमध्येबाट ०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङ, तुल्सीपुरको श्री मावि तुल्सीपुर सेन्टरलाई उत्कृष्ट ठहर गरिएको मन्त्रालयले जनाएको छ । स्कुलले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त नतिजाकै आधारमा मन्त्रालयलले काठमाडौं विश्वनिकेतन माविलाई द्वितीय घोषणा गरेको छ । उक्त स्कुलले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो स्थानमा आएको दाङकै जनकल्याण माविले ३ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

निजी विद्यालयतर्फ ०८० काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट ठहरिएको छ । फलोरेसेन्टले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै द्वितीय बनेको काठमाडौंको विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयले २ लाख र तेस्रो बनेको काठमाडौंको बूढानीलकण्ठ स्कुलले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्राविधिकतर्फ बनेपाको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुल्सीपुर पोलिटेक्निक इन्स्टिच्युट, काठमाडौंको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । प्राविधिक विधातर्फ उत्कृष्ट भएका विद्यालयले १र१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।यो वर्षको समाज कल्याण शिक्षा पुरस्कार काठमाडौं, कागेश्वरी मनोहराको श्री युवा क्रियाकलाप उत्थान केन्द्र र ललितपुरको श्री सी–आशा फाउन्डेसनले पाउने भएका छन् । सडक बालबालिका, एचआईभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षामा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गर्न लागेको हो । दुवै संस्थाले २र२ लाख रुपैयाँबाट पुरस्कृत हुनेछन् ।विद्याभूषण र छात्रापदकको नाम पनि सार्वजनिक

मन्त्रालयले उच्च शिक्षातर्फ विद्याभूषण तथा विद्या पदक पाउनेको नाम पनि सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार नेपाल विद्याभूषण ‘क’ प्राप्त गर्ने २६४ जना छन् ।

त्यस्तै सोही विद्या भूषण पाउने ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको छ । यस वर्ष छात्रा पदकका लागि १५ जनाको नाम सरकारले घोषणा गरेको छ ।

यो वर्ष विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारी ५ जना, सार्वजनिक विद्यालयतर्फ ७४ जना र निजी विद्यालयतर्फ ३२ जनालाई सम्मान गर्ने भएको छ ।

त्यस्तै, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्तारशिक्षकतर्फ सम्मानित हुने ३५ जनाको नाम पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

नाम मात्रै घोषणा, पदक दिन पैसा पुगेन १ पछिल्ला ३ वर्ष रोकिएको शिक्षा दिवस सरकारले यो वर्षदेखि फेरि मनाउन सुरु गरेको हो । शिक्षा दिवसको अवसरमा सरकारले नेपाल विद्या भूषण, नेपाल छात्रा पदकलगायत शिक्षातर्फका विभिन्न पदक र भूषणका लागि नाम घोषणा गरेको छ । तर, उनीहरुले कहिले पाउँछन्, त्यसको टुंगो छैन ।

मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय शिक्षा दिवस ०८० र राष्ट्रिय शिक्षा दिवस ०८१ का अवसरमा घोषणा भएका नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकलगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण सम्बन्धमा पछि थप सूचना सार्वजनिक हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’

सरकारले अघिल्लोपटक घोषणा गरेका पुरस्कृत व्यक्तिले समेत अझै पुरस्कार पाएका छैनन् । मन्त्रालय स्रोतका अनुसार अघिल्ला वर्ष र यो वर्षकोसमेत गरेर पदकसहित पुरस्कार वितरण गर्न बजेट माग गरिएको थियो । तर, बजेट नपाएपछि पुरस्कार वितरण पनि पछि धकेलिएको हो ।

‘पहिले पनि मागेको पैसा नपुगेर वितरण नभएको सुनेको हो । यस पटक पनि पुग्दो बजेट आएन’, मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पुरस्कार नै अभाव हुने भएपछि कार्यक्रम नगरिएको हो ।’

मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले पुरस्कार वितरण कार्यक्रम टुंगो नलागिसकेको बताउँछन् । ‘पोहोरदेखिको बाँकी छ । अहिलेको पुरस्कार पनि कहिले हुन्छ भन्ने ठ्याक्कै निर्णय भइसकेको छैन’, उनी भन्छन् ।

स्रोतको जोहो भइसकेपछि मात्रै अर्को सूचना जारी गरेर पदक, पुरस्कार तथा प्रमाणपत्रबारे जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

सरकारले २०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरेको थियो । २०६२र६३ जनआन्दोलन पछि तत्कालीन राजसंस्थाले सुरुआत गरेका धेरै कार्यक्रमहरु मनाउन छोडेको थियो । २०६३ सालको १२ फागुनमा शिक्षा दिवस मनाइएन ।

२०६४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस एकै दिन मनाउने निर्णय गरेको थियो । सोही अनुसार २०६४ सालदेखि २०७६ सालसम्म ८ सेप्टेम्बरको दिन राष्ट्रिय शिक्षा दिवस मनाइयो ।

२०७७ सालमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साक्षरता दिवस र शिक्षा दिवस एउटै नभएको भन्दै ८ सेप्टेम्बरमा हुँदै आएको शिक्षा दिवस स्थगित गरे ।

नयाँ मिति तय नहुँदा २०७७, ०७८ र ०७९ मा शिक्षा दिवस नै मनाइएको थिएन । गत ९ जेठमा बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले अनिवार्य निशुल्क शिक्षा ऐन–०७५ जारी भएको दिन ९असोज २० लाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज