Advertisement

ट्रेन्डिङ

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, समाचार
वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र  सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब चार करोड राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।...
नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ ।  नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।  खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।...
एनपिएलमा आज हुँदैछन् दुई खेल

एनपिएलमा आज हुँदैछन् दुई खेल

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका मा...
रविकाे बयान आज पनि , सकिए लगत्तै पाेखरा पठाइने

रविकाे बयान आज पनि , सकिए लगत्तै पाेखरा पठाइने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आज पनि जारी रहने भएको छ शुक्रवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलको कार्यालय लगि पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएको हो । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने भएका छन बयान सकिए पछि सम्भवतः आजै पोखरा फर्काइने छ । शुक्रबार बिहान देखि सुरू भएको बयान सो दिनको अपरान्ह ३:३० बजे सकिएक थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजो उनले झन्डै ५ घन्टा लामो बयान दिएका थिए । सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपम लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम ...
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन: ६७ लाख ३२ हजार

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन: ६७ लाख ३२ हजार

Breaking News 2, अर्थ, खेलकुद, ट्रेन्डिङ
काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू भएको छ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ । सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ। गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो। गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ। सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठुलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए। सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ। तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए। अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब ...
स्कुले प्रेमीसँग बिहे गर्दै स्मिता दाहाल, प्रचण्डकी नातिनी हुन्

स्कुले प्रेमीसँग बिहे गर्दै स्मिता दाहाल, प्रचण्डकी नातिनी हुन्

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं | गायिका स्मिता दाहालले प्रेमी सायुज्य श्रेष्ठसँग बिहे गर्ने भएकी छन्। आगामी २१ गते उनको बिहे गोकर्णस्थित नर्लिङ रिसोर्टमा हुनेछ। पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगाकी छोरी स्मिता लदेख्छिन्,‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैंको लागि योजना बनाउँदासम्म। हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातीसम्मको कुराकानी र शान्त क्षणको यात्रा। साथीदेखि मेरो माया र अहिले सँधैको लागि।’ उनले इन्स्टामा लेखेकी छन्,‘तिमीले ल्याएका हरेक खुसीको लागि धन्यवाद। मेरो औंला वरिपरि बेरिएको वाचाको लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद। यहाँ हाम्रो सुरुवातको लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनको लागि। म तिम्रो हुनको लागि पर्खन सक्दिन, सधैं र सधैं। मेरो सारा हृदयले, तिम्रो।’ साय...
प्रकाश सपूतको ‘वसन्त’मा काे–काे छन् कलाकार ?

प्रकाश सपूतको ‘वसन्त’मा काे–काे छन् कलाकार ?

ट्रेन्डिङ, मनोरञ्जन
काठमाडौँ | गायक तथा अभिनेता प्रकाश सपूत आफ्नै निर्देशनमा चलचित्र ‘वसन्त’ बनाइरहेका छन् । चैत २२ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाको छायाँकन अन्तिम चरणमा छ । चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिभान्सी श्री लगायत शीर्ष भूमिकामा छन् । साथमा, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपालको अभिनय रहने खबर यसअघि सार्वजनिक भइसकेको छ । यतिबेला यो चलचित्रलाई लिएर नयाँ जानकारी आर्ट खबरलाई प्राप्त भएको छ ।चलचित्रमा नाम चलेका अन्य थुप्रै कलाकारहरुलाई दर्शकले देख्न पाउने भएका छन् । स्रोतका अनुसार चलचित्रमा करिश्मा मानन्धर, दीलिप रायमाझी, निश्चल बस्नेत, प्रियंका कार्की, नाजिर हुसेनको पनि अभिनय रहनेछ । उनीहरुमध्ये कोही गीतमा त कोही विशेष भूमिकामा रहेको बुझिएको छ । यी कलाकारहरूले छायाँकन समेत सकिसकेका छन् । यो चलचित्रमा अन्य नाम चलेका कलाकार पनि रहेको र ...
एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं | यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम छानेको हो। जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडल, अविशेख तिवारी र रन्जीत कुमार रहेका छन्। नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्। मंसिर १४ देखि २३ गतेसम्म (नोभेम्बर २९ देखि डिसेम्बर ८)  हुने यू–१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन्। एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दै छ। एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनो...
डाक्टरले दिए सामुहिक राजीनामा, प्रादेशिक अस्पतालको सेवा ठप्प

डाक्टरले दिए सामुहिक राजीनामा, प्रादेशिक अस्पतालको सेवा ठप्प

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार, स्वास्थ्य
महोत्तरी । चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो । तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताए। अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ । उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएकोे जलेश्वर–२ का अनिलकुमार साहले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए। उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी र...
म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित

म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो । सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज पाँचौ पटक अदालत लगिएको हो । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् । उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ । यसअघि उनलाई रुपन्देहीको बुटवल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज