प्रकाश सपूतको ‘वसन्त’मा काे–काे छन् कलाकार ?

काठमाडौँ | गायक तथा अभिनेता प्रकाश सपूत आफ्नै निर्देशनमा चलचित्र ‘वसन्त’ बनाइरहेका छन् । चैत २२ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाको छायाँकन अन्तिम चरणमा छ । चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिभान्सी श्री लगायत शीर्ष भूमिकामा छन् ।

साथमा, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपालको अभिनय रहने खबर यसअघि सार्वजनिक भइसकेको छ । यतिबेला यो चलचित्रलाई लिएर नयाँ जानकारी आर्ट खबरलाई प्राप्त भएको छ ।चलचित्रमा नाम चलेका अन्य थुप्रै कलाकारहरुलाई दर्शकले देख्न पाउने भएका छन् ।

स्रोतका अनुसार चलचित्रमा करिश्मा मानन्धर, दीलिप रायमाझी, निश्चल बस्नेत, प्रियंका कार्की, नाजिर हुसेनको पनि अभिनय रहनेछ । उनीहरुमध्ये कोही गीतमा त कोही विशेष भूमिकामा रहेको बुझिएको छ । यी कलाकारहरूले छायाँकन समेत सकिसकेका छन् ।

यो चलचित्रमा अन्य नाम चलेका कलाकार पनि रहेको र अभिनेता राजेश हमाललाई समेत अभिनय गराउने तयारी रहेको स्रोतको भनाइ छ । यसरी हेर्दा प्रकाश सपूतको यो चलचित्रको कास्टिङ रोचक हुने देखिएको छ । यस विषयमा सपूतले केही खुलाएका छैनन् ।

चलचित्र ‘वसन्त’ प्रकाश सपूतको निर्देशकीय डेब्यु सिनेमा हो । उनले ‘परदेशी २’ बाट अभिनेता रूपमा फिल्ममा डेब्यु गरेका थिए । यो सिनेमाले राम्रो व्यापार गरेको थियो । ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ प्रकाशको दोस्रो सिनेमा हो ।

चलचित्र ‘वसन्त’को तयारीले प्रकाशले पछिल्लो समय अफिसियल गीत ल्याएका छैनन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज