मनोरञ्जन

रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक

रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक

मनोरञ्जन
रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा टीका प्रसाईको स्वर , शब्द बिप्लभ खड्का तथा संगीत मंगल वि.क को रहेको छ। वियोगान्त कथामा तयार भएको गीतको भिडियोमा सुनिल सुन्दास र स्वेता श्रेष्ठ फिचर्ड छ्न । भिडियोलाई रबि कोईरालाले छायांकन गरेका हुन् । पोखरा मुस्ताङको रमणीय लोकेशनमा छायांकन भएको भिडियो दर्शकले मन पराउने निर्देशक मियाको दाबी छ । भिडियोलाई राम्रो बनाउनको लागि कुनै कसर बाँकी नराखेको र पूरा टीमले नै धेरै मेहनत गरेकोले पनि भिडियोले राम्रो भ्यु पाउने आशा निर्देशकको रहेको छ । निर्मला सुन्दास को लगानी रहेको भिडियो एस। एस इन्टरटेण्मेन्ट युटुव च्यानलबाट सार्बजनिक भएको ।   https://youtu.be/fD0RKTUhPvQ?si=yq9KJu0Q3AQBcNfl...
काठमाडौंमा सुरु भयो दक्षिण एसियाली कला प्रदर्शनी

काठमाडौंमा सुरु भयो दक्षिण एसियाली कला प्रदर्शनी

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं | दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा. अर्शिया लोखन्डवाला बताउँछिन् । तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ । प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा. लोखन्डावालाको भनाइ छ । प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक एक महिला कलाकारका सृजना राखिएका छन् । भारतीय कलाकारहरू अनित...
खैरहनीमा आजदेखि खिचरा महोत्सव

खैरहनीमा आजदेखि खिचरा महोत्सव

ब्यापार, मनोरञ्जन
पूर्वी चितवनको खैरहनीमा आज सोमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा हुने सो महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय शाझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता...
अनिल र सुनिशाको उस्तै गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

अनिल र सुनिशाको उस्तै गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

मनोरञ्जन
अन्जन र अनिलको उस्तै गीतको म्युजिक भिडियो अहोवाग्य कृयसन युट्युब च्यानल‘बाट सार्वजनिक भएको छ । केहर सिंग लिम्बु र इन्द्र कला राईको स्वर रहेको गीतको रचनाकार लक्ष्मण राई हुन् भने संगीतकार जयन जे वाइबारहेका छन् । म्युजिक भिडियोमा अनिल अधिकारी, सुनिशा बजगाईको मुख्य अभिनय रहेको छ । भिडियो सम्पादन तथा निर्देशन विवेक लामाले गरेका छन् । https://youtu.be/re-vQapecvI?si=AuZegjUuqEHp-mhR...

भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन हैदरावादको सन्ध्या थिएटरमा 'पुष्पा २'को विशेष शोमा भएको भागदौडमा घाइते बालकलाई भेट्न पुगे। घटनामा बालककी आमाको मृत्यु भएको थियो। अल्लु अर्जुन किम्स अस्पतालमा बालकको स्वास्थ्य स्थितिबारे जानकारी लिन पुगेका थिए। बालकको स्वास्थ्य सुधार भइरहेको छ र अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।...
‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं | नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति माघ ११ लाई तोकिएको छ । निर्माण पक्षले बिहीबार पोस्टर जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो । पहिला यस फिल्मको प्रदर्शन मिति कात्तिक ३० गते तोकिएको थियो । कात्तिक १५ बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को आक्रमक व्यापार गरिरहेकाले चेपुवामा पर्ने सक्ने अनुमानसहित निर्माण पक्षले निर्धारित मितिमा प्रदर्शन स्थगन गरेको थियो । निर्देशक दीपेन्द्र गौचनका अनुसार यस फिल्ममा ९० प्रतिशतभन्दा बढी स्क्रिन टाइमा नाजिर र सृष्टिकै छ । फिल्मा उनीहरुसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतको अभिनय रहेको छ । अमितेष शाह विशेष भूमिका छन् । दीपेन्द्र करिब तीन दशकपछि नयाँ फिल्म लिएर नेपाली दर्शकमाझ आउन लागेका हुन् । यो फ...
सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

मनोरञ्जन, समाचार
काठमाडौं | फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा भएको छ । निरोज महर्जनको निर्देशन गरेको यस फिल्मको छायाङ्न बुधबार ३५ दिनमा पूरा भएको निर्माण पक्षले बताएको छ । निर्माता रौनकविक्रम कँडेलकाअनुसार काठमाडौं, काभ्रेको पाँचखाल, बारा र चितवनमा यसको छायाङ्कन गरिएको छ । पहिलो श्रृङ्खलाकी नायिका यो पटक दोहोरिएकी छैनन् । उनको स्थानमा सुपुष्पा भट्टको प्रवेश भएको छ । नायक विनय र कामेश्वर चौरासियालाई फेरि प्रमुख भूमिकामा देख्न पाइने बताइको छ । यो श्रृङ्खलामा निर्देशक पनि फेरिएका छन् । पहिलो श्रृङ्खलाको निर्देशन प्रनव जोशीले गरेका थिए । यो पकट निर्देशनको जिम्मेवारीमा निरोज महर्जन छन् । सिनेमा आर्ट्र्रसको प्रस्तुति र वी मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रि...
‘तेल भिसा’ले तीन दिनमा कति गर्‍यो ग्रसकलेक्सन ?

‘तेल भिसा’ले तीन दिनमा कति गर्‍यो ग्रसकलेक्सन ?

मनोरञ्जन, समाचार
काठमाडौं । चलचित्र ‘तेल भिसा’ले तीन दिनमा एक करोडको आंकडा पार गरेको छ । निर्माणपक्षका अनुसार तीन दिनमा यो चलचित्रले एक करोड ३६ लाख ग्रसकलेक्सन गरेको छ । ‘तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । ‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो । यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । अमेरिकामा रहेका नेपालीले पाउने दुःख यो चलचित्रको मुख्य कथा हो ।...
प्रकाश सपूतको ‘वसन्त’मा काे–काे छन् कलाकार ?

प्रकाश सपूतको ‘वसन्त’मा काे–काे छन् कलाकार ?

ट्रेन्डिङ, मनोरञ्जन
काठमाडौँ | गायक तथा अभिनेता प्रकाश सपूत आफ्नै निर्देशनमा चलचित्र ‘वसन्त’ बनाइरहेका छन् । चैत २२ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाको छायाँकन अन्तिम चरणमा छ । चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिभान्सी श्री लगायत शीर्ष भूमिकामा छन् । साथमा, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपालको अभिनय रहने खबर यसअघि सार्वजनिक भइसकेको छ । यतिबेला यो चलचित्रलाई लिएर नयाँ जानकारी आर्ट खबरलाई प्राप्त भएको छ ।चलचित्रमा नाम चलेका अन्य थुप्रै कलाकारहरुलाई दर्शकले देख्न पाउने भएका छन् । स्रोतका अनुसार चलचित्रमा करिश्मा मानन्धर, दीलिप रायमाझी, निश्चल बस्नेत, प्रियंका कार्की, नाजिर हुसेनको पनि अभिनय रहनेछ । उनीहरुमध्ये कोही गीतमा त कोही विशेष भूमिकामा रहेको बुझिएको छ । यी कलाकारहरूले छायाँकन समेत सकिसकेका छन् । यो चलचित्रमा अन्य नाम चलेका कलाकार पनि रहेको र ...
‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट रिलिज

‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट रिलिज

मनोरञ्जन, समाचार
काठमाडौँ | फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित 'तेल भिसा' र घनश्याम लामिछाने निर्देशित 'अग्निदहन' आआजबाट भएका हुन्। विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म 'तेल भिसा' नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्। फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्। त्यस्तै, 'अग्निदहन' सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास 'अग्निदहन' मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज