‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट रिलिज

काठमाडौँ | फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आआजबाट भएका हुन्।

विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ‘तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।

फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्।

त्यस्तै, ‘अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ।

हलले भने यो फिल्मलाई सीमित शो दिएका छन्।शुक्रबारदेखि नेपाली हलमा हलिउड फिल्म ‘ग्लेडिएटर’ पनि रिलिज भएको छ। तिहारमा रिलिज ‘पूर्णबहादुरको सारंगी’ को व्यापार अझै पनि राम्रो छ। यो फिल्म बिहीबारदेखि चौथो सातामा प्रवेश गरेको छ।

त्यस्तै, अघिल्लो शुक्रबार रिलिज ‘ह्रस्व दीर्घ’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज