चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’
काठमाण्डौ | तिहारको लक्ष्मी पूजादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालभरका हलमा तीन सय ८० भन्दा धेरै ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ ।
चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले हिजो काठमाण्डौ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको जानकारी दिए । उनले अहिलेसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै आठ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बताए ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपान...



















