मनोरञ्जन

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाण्डौ  |  तिहारको लक्ष्मी पूजादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालभरका हलमा तीन सय ८० भन्दा धेरै ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले हिजो काठमाण्डौ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको जानकारी दिए । उनले अहिलेसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै आठ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बताए । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपान...
शाहरुख खानलाई ज्यान मार्ने धम्की

शाहरुख खानलाई ज्यान मार्ने धम्की

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
एजेन्सी | शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ५ मा उनलाई ज्यान मार्ने धम्की आएको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धम्की दिने व्यक्तिले छत्तीसगढको रायपुरबाट मुम्बईको बान्द्रा पुलिस स्टेशनमा फोन गर्दै ५० लाख फिरौती समेत मागेका थिए। धम्कीपछि शाहरुखको घर ‘मन्नत’मा सुरक्षा बढाइएको छ। रायपुर प्रहरीले धम्कीपूर्ण कल मोहम्मद फैजान खानको फोनबाट आएको जनाएको छ। पेशाले वकिल रहेका फैजानले नोभेम्बर २ मा फोन चोरी भएको उजुरी दिएका थिए। यसअघि ५ नोभेम्बरमा सलमान खानलाई पनि धम्की आएको थियो। मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए आफ्नो ज्यान लिने धम्की दिइएको थियो।...
हास्य अभिनेता दमन रुपाखेतीलाई मातृशोक

हास्य अभिनेता दमन रुपाखेतीलाई मातृशोक

मनोरञ्जन
काठमाडौं | लोकप्रिय हास्य अभिनेता तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ । रुपाखेतीकी ममतामयी माता ज्ञानुमाया रुपाखेतीको बिहीवार दिउँसो उपचारकै क्रममा क्रममा पाटन अस्पतालमा निधन भएको हो । ८३ वर्षीया ज्ञानुमायाका चार जना छोराहरु छन् । दमन रुपाखेती उनका साइँला छोरा हुन् । ज्ञानुमायाकी छोरीको निधन भइसकेको छ भने उनले दुई वर्ष अघिमात्र श्रीमानलाई गुमाएकी थिइन् । बिहीवार उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । कलाकार रुपाखेती तथा सम्पूर्ण परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।...
फिल्म ‘ह्रस्व–दीर्घ’का लागि उत्साहित गरिमा

फिल्म ‘ह्रस्व–दीर्घ’का लागि उत्साहित गरिमा

मनोरञ्जन
काठमाडौँ । अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व–दीर्घ’ अहिले चर्चामा छ । भारतीय र नेपाली कलाकारले भरिएको फिल्म आगामी ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर अभिनेत्री गरिमा शर्मा निकै उत्साहित छन् । ‘लण्डन टु पेरिस’ बाट अभिनयमा डेब्यु गरेकी शर्माको यो दोस्रो फिल्म हो । पहिलो फिल्मबाट सफलता हात पार्न नसकेकी उनले यो फिल्मबाट सफलता मिल्ने आस गरेकी छन् । म्युजिक भिडियाको चर्चापछि फिल्म अभिनयमा होमिएकी उनी ‘ह्रस्व–दीर्घ’ की मुख्य कलाकार हुन् । फिल्म प्रदर्शनपछि दर्शकले आफ्नो अभिनयको प्रशंसा गर्ने उनी बताउँछिन् । ‘ह्रस्व–दीर्घ’ ले मेरो अभिनय करियरलाई नयाँ उचाइ प्रदान गर्नेछ,’ शर्माले भनिन् ‘अब मेरो फिल्मी करियरले पनि रफ्तार लिन्छ ।’ बाग्लुङको बेनीमा जन्मिएर चितवनमा हुर्किएकी गरिमा सानैदेखि अभिनयतिर रुचि राख्थिन् । त्यसैले उनी स्कुल कलेजमा नाटक अभिनय गर्थिन् । ‘म...
यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार अधिकारी, राई र रसाइलीलाई

यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार अधिकारी, राई र रसाइलीलाई

मनोरञ्जन
काठमाडौँ | गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका) लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ । गायक एवं सङ्गीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मङ्गलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई रु ५१ हजार नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो । त्यस अवसरमा गीतसङ्गीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उनिप्रति सम्मान प्रकट गरेका थिए । समितिका अध्यक्ष शीला लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र अमेरिकाका साहित्य साधकहरूको उपस्थिति थियो ।...
युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति

युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति

ताजा अपडेट, मनोरञ्जन, समाचार
युएई | युट्युबर मिस्टर बिस्ट विश्वको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को टुप्पोमा पुग्ने आठौं व्यक्ति बनेका छन् । बुर्ज खालिफाको चुचुरोमा पुगेपछी उनले भने : “म सफल भएँ ! म संसारको सबैभन्दा अग्लो भवनको टुप्पोमा उभिएको छु,” उक्त क्लिपमा युट्युबर बिस्टले भनेको सुन्न सकिन्छ । यसको पूरा भिडिओ बिस्टले २ नोभेम्बरमा युट्युबमा अपलोड गरेका थिए । उनले अगाडि भनेका छन्, “यो त डरलाग्दो छ ! मैले तल नहेरेको भए हुने रहेछ ।”...
अभिनेत्री नीता भन्छिन्, ‘निर्माता बन्दा धेरै कुरोको ज्ञान मिल्यो’

अभिनेत्री नीता भन्छिन्, ‘निर्माता बन्दा धेरै कुरोको ज्ञान मिल्यो’

मनोरञ्जन, समाचार
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । नेपाली र हिन्दी दुई भाषामा एकसाथ प्रदर्शन हुन लागेको फिल्म नेपाली र दक्षिण भारतीय कलाकारले भरिएको छ । अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्ममा उनका पति हरिहर अधिकारी अभिनेतामा छन् । फिल्म फेमिली र लभस्टोरी ड्रामा बनेको निर्माण युनिटले जानकारी दियो । काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेत्री ढुंगानाले एकैपटक अभिनय र निर्मात्री बन्दाको अनुभव साटिन् । ‘प्रोड्युसर मात्र बनेको भए पनि हुने रहेछ । दुई–तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ’, नीताले भनिन्, ‘हाम्रो उद्योगमा कसैले पनि सपोट गरेनन् ।’ उनले वर्षाैदेखि अभिनय गर्दा सिक्न नसकेको पाठ निर्माता बनेर सिकेको बताइन् ।  उनले भनिन्, ‘म मार्फत दुई फिल्म उद्योगलाई जोडेर काम गर्ने वातावरण बन्यो ।’ फिल्मबाट चन्द्र पन्तले निर्देशनमा डेब्यु गरेका छन् । एक्स...
अमित रसाइलीको ‘दशैँ आयो, ल है दशैँ आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक

अमित रसाइलीको ‘दशैँ आयो, ल है दशैँ आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक

ताजा अपडेट, मनोरञ्जन
गायक अमित रसाइलीको चाडवाड लक्षित गरेर ‘दशैँ आयो, ल है दशैँ आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक अमित रसाइलीको आफ्नै ‘अमित रसाइली युट्युब च्यानल‘बाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । अमित रसाइलीको स्वर रहेको गीतको रचनाकार र संगीतकार कुमार सिँजाली मगरहुन् । म्युजिक भिडियोमा पुजन लामिछाने, अस्मिता मगर, गणेश थापा मगर, पार्वती थापा मगर, दिनेश श्रेष्ठ, नबिन पाण्डे, प्रकाश रिजाल सोमराज, रेहान मिया, दिल कुमारी श्रेष्ठ, जसपाल लामा, देवी लामा, सोयता श्रेष्ठको अभिनय रहेको छ । भिडियो सम्पादन पुजन लामिछानेले गरेका छन् भने सहायक निर्देशन रेहान मियाको रहेको छ। उपकरण ओम फिल्म स्टुडियो पर्साले उपलब्ध गराएर निर्माण गरिएको सो म्युजिक भिडियोको निर्देशन किशोर चौधरीले गरेका हुन् ।https://youtu.be/FYZu_1lgzeE?si=g-y_ysOd2XDTHb8y...
आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि…

आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि…

मनोरञ्जन, समाचार
नयाँ दिल्ली । हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका सह–उद्घोषक विक्की कौशल थिए । उद्घोषणकै क्रममा विक्की कौशलले शाहरुखलाई कयौं फिल्म जस्तै ‘लालसिंह चड्ढा’ पनि पहिला उनलाई अफर गरिएको भए उनले त्यो फिल्ममा काम गर्थे भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘के म ? आमिरले त यो फिल्म गर्नुहुँदैन थियो’ भन्छन् । उनको यो जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैजना अकमक्क पर्छन् । केही पछि भने शाहरुखले आफूले ठट्टा मात्रै गरेको भन्दै आमिरलाई ‘लभ यू’ भन्छन् । यसपछि विक्कीले शाहरुखलाई ‘पुष्पाः द राइज’ अफर भएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘हे भगवान्, तिमीले त यस्तो कुरा भन्यौ जसले अझै पनि मलाई दुखाई रहेछ । मलाई साँच्चै ‘पुष्पा’ गर्न मन थियो तर अल्लु अर्जुन सरको स्वैग म म्याच गर्न ...
‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

मनोरञ्जन
काठमाडौँ | जितु नेपालको मुख्य भूमिका रहेको फिल्म हो ‘ज्वाइँ साब’ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता जितुको बुढ्यौली गेटअप देख्न सकिन्छ । पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टरबाट फिल्ममा जितुको युवादेखि बुढ्यौलीसम्मको अभिनय रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रूपमा चित्रण गरिएको छ । यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ । https:/...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज