Advertisement

धर्म संस्कृति

गोरखा दरबारमा राखियो जमरा

गोरखा दरबारमा राखियो जमरा

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, धर्म संस्कृति, समाचार
गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा)मा पदस्थापना गराई पानी घडा थापेर जमरा राखिएको उनले बताए। ‘गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौको जमरा राखिएको छ’, उनले भने, ‘उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ।’ यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। प्रतिपदा सुरु भएसँगै कालिका मन्दि...
घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

Breaking News 1, ट्रेन्डिङ, धर्म संस्कृति
घटस्थापनाको अघिल्लो दिनदेखि नै शुद्ध र पवित्र भएर बस्नुपर्छ । घटस्थापनाको दिनमा तपाईंले ब्रह्ममुहूर्त (बिहान ४ देखि ६ बजेभित्र)मा उठेर स्नान गर्नुपर्छ । स्नान गर्दा शैलपुत्री भगवतीको स्मरण गर्नुपर्छ । स्नान गरेपछि शुद्ध र पवित्र वस्त्र धारण गर्नुपर्छ । पुरुषले रातो वा पहेँलो रङको कपडा लगाउन सक्नुहुन्छ भने स्त्रीले सबै शृङ्गार गरेर तयार हुनुपर्छ । यति गरेपछि पूजाको काम सुरु गर्न सकिन्छ । पूजा सामग्री  सबैभन्दा पहिले पूजाको सामग्री तयार गर्नुपर्छ । पूजाकोठामा गणेश, दियो र कलशको स्थापना गर्नुपर्छ । त्यसको अगाडि एउटा भगवतीको घडाको पनि स्थापना गर्नुपर्छ, यही घडालाई नै मुख्य कलश मानेर नौ दिनसम्म पूजा अर्चना गरिन्छ । घट (कलश) स्थापना गर्ने भएकाले नै आजको दिनलाई घटस्थापना भनिएको हो । पूजाकोठामा एउटा भाँडामा जल राख्नुपर्छ । उपलब्ध छ भने, घिउ, दुध, दही, मह र सक्खर राखेर पञ्चामृत ...
झम्टा संरक्षणमा थारु समुदाय

झम्टा संरक्षणमा थारु समुदाय

गण्डकी, धर्म संस्कृति
नवलपुर । गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा उल्लासका साथ मनाईने थारुहरुको जितिया पर्व सुरु भएको छ। जितिया सुरु भएसँगै अहिले थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेपनि पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । थारु समुदायका महिलाले परम्परागत रुपमा गाउँघरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको जस्तै गरी होच्चाउन थालेपछि संस्कृति संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रीय सदस्य विरेन्द्र चौधरीले बताउनुभयो ।पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला...
शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

धर्म संस्कृति, बागमती
रत्ननगर । शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन तथा नवदुर्गा पुजाको तयारीका बारेमा विहीबार अन्तरक्रिया कार्यक्रमम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले कार्यालय उद्घाटन गरेका हुन । सोही अबसरमा बडा दसैंको अबसरमा शान्तिचोकमा गरिने नवदुर्गा पुजालाई व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष खरेलले शान्तिज्योति युवा समाजले स्थानीय स्तरमा गरेको कामको प्रशंसा गर्दै स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं.१ का क्षत्रीय सचिव उमेश गिरी, रत्ननगर जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छविलाल घिमिरे, समाजसेवी पुरषोत्तम गिरी, हिरामणी लामिछाने, कृष्णप्रसाद घिमिरे, सुवास उप्रेती, ध्रुव भुषाल, सुजन थापा, गणेश टोल विकास संस्थाको अध्यक्ष शोभा शर्मा, स...
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज देखि सुरु

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज देखि सुरु

धर्म संस्कृति, विचार
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज