झम्टा संरक्षणमा थारु समुदाय

नवलपुर । गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा उल्लासका साथ मनाईने थारुहरुको जितिया पर्व सुरु भएको छ। जितिया सुरु भएसँगै अहिले थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेपनि पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

थारु समुदायका महिलाले परम्परागत रुपमा गाउँघरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको जस्तै गरी होच्चाउन थालेपछि संस्कृति संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रीय सदस्य विरेन्द्र चौधरीले बताउनुभयो ।पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला पावन बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया ।

पहिले पहिले जितिया पर्वको रौनक एक दुई हप्ता अगाडिदेखि नै हुन्थ्यो तर अहिले पहिले जस्तो छैन् । त्यसकारण जिल्लामा झम्टा गीत प्रतियोगिता आयोजना गर्दै झाम्टा गीतलाई प्रवर्द्धन गरिएको चौधरीको भनाइ छ ।

थारु समुदायका महिलाहरुले जितिया पर्वका अवसरमा प्रत्येक घर घरमा गएर गाँउने नाच्ने झाम्टा गीत र नाचको संरक्षणमा नगर स्तरीय, जिल्लास्तरीय रुपमै समूह दर्ता गरी आयोजना गर्दै आएको थारु कल्याण समिति कावासोतीका सभापति विकन कुमारी महतोले बताउनुभयो ।

जितिया पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ । जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराइका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् ।

पूर्वी नवलपरासीको नवलपुर क्षेत्रमा झण्डै ५५ हजारको संख्यामा थारुहरुको बसोबास रहेको छ । जील्लामा देबचुलीको केउरेनी, दुमकौली, दलदले, कावासोती, मगरकोट डण्डा, अग्यौली, कुमारबर्ती, गोछडा, मध्यबिन्दुको कोल्हुवालगायतका क्षेत्रमा भव्यताका साथ महिलाहरुले नाचगान र ब्रत बसेर झम्टा गित गाएर जितिया पर्व मनाउने गरेको पाईन्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज