Advertisement

गण्डकी

गण्डकीका मुख्यमन्त्री पाण्डेसँग प्रशस्त पैतृक सम्पत्ति

गण्डकीका मुख्यमन्त्री पाण्डेसँग प्रशस्त पैतृक सम्पत्ति

Breaking News 2, गण्डकी, ताजा अपडेट
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफैंले तोकेको समयसीमा कटेपछि उनीहरुले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् । पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा छ भने कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् । यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५ सय तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २ सय तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् । व्यवसाय, ...
बन्दीपुरबाट पिकनिक खाएर फर्कनेक्रममा मुग्लिनबाट एक छात्रा बेपत्ता

बन्दीपुरबाट पिकनिक खाएर फर्कनेक्रममा मुग्लिनबाट एक छात्रा बेपत्ता

गण्डकी, समाचार
तनहुँ । तनहुँको बन्दीपुरबाट पिकनिक खाएर फर्कने क्रममा नवलपुरकी एक छात्रा मुग्लिनबाट बेपत्ता भएकी छिन् । मध्यविन्दु नगरपालिकाको कुमारवर्ती माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी तनहुँको बन्दिपुर घुम्न गएका थिए । घुमेर फर्कने क्रममा कक्षा ११ मा पढ्ने १९ वर्षीया विपना चौधरी वेपत्ता भएको क्याम्पसले जनाएको छ । विद्यार्थी लिएर फर्किदै गरेको बस नारायणघाट–मुग्लिङ सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न रोकेको थियो । शौच गरेर नफर्किए पछि विपनाको रातिदेखि नै खोजी सुरु गरेको क्याम्पसका शिक्षक नारायण अर्यालले बताए । विद्यार्थी वेपत्ता भएपछि शिक्षक र अभिभावक राति नै मुग्लिन पुगेका थिए । शौच गर्ने क्रममा विपना त्रिशुलीमा खसेको आशंका गरिएको छ । उनी हराएको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुले खोजी कार्यलाई निरन्तरता दिइरहेको अ...
अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

Breaking News 1, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं | सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीमाथि प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालेसँगै रास्वपाका केन्द्रीय सदस्य तथा लामिछानेका कारोबारी मित्र मोहनजंग थापा अमेरिकाबाट नेपाल आएका छन् । थापा हालै जिबी राईले प्रहरी र मिडियामा पठाएको भनिएको इमेलमा पाँच करोड भन्दा बढी रकम हुन्डी गरेको प्रकरणमा मुछिएका व्यक्ति मात्र नभइ ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड पैसा माग्ने लामिछानेको कोर टिमका सदस्य पनि हुन। पूर्वसां...
नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

गण्डकी, समाचार
नवलपुर । नवलपुरको जिल्लाका चार स्थानमा बिहीबार यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैँको बेला यात्रुहरुमा हुन सक्ने दुर्व्यवहार, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राखेर दुर्घटनाको जोखिम बढाउने भएकोले त्यसलाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । सदरमुकाम कावासोतीसहित चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको र थप दुई स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिने बन्जाराले बताए । कावासोतीमा स्थापना गरिएको यात्रु सहायता कक्षको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले उद्घाटन गरेका थिए । यात्रु सहायता कक्षको स्थापना गर्दै ढकालले यात्रु सहायता कक्ष देखाउनका लागि मात्र भन्दा पनि कार्यान्वयनमा लैजानेमा बताए । त्यसैगरी आजदेखि नै नवलपुरमा सवारी चालकहरुको लापसे पनि चेकजाँच सु...
गोरखा दरबारमा राखियो जमरा

गोरखा दरबारमा राखियो जमरा

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, धर्म संस्कृति, समाचार
गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा)मा पदस्थापना गराई पानी घडा थापेर जमरा राखिएको उनले बताए। ‘गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौको जमरा राखिएको छ’, उनले भने, ‘उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ।’ यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। प्रतिपदा सुरु भएसँगै कालिका मन्दि...
नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

गण्डकी, ताजा अपडेट, समाचार
नवलपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।...
झम्टा संरक्षणमा थारु समुदाय

झम्टा संरक्षणमा थारु समुदाय

गण्डकी, धर्म संस्कृति
नवलपुर । गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा उल्लासका साथ मनाईने थारुहरुको जितिया पर्व सुरु भएको छ। जितिया सुरु भएसँगै अहिले थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेपनि पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । थारु समुदायका महिलाले परम्परागत रुपमा गाउँघरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको जस्तै गरी होच्चाउन थालेपछि संस्कृति संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रीय सदस्य विरेन्द्र चौधरीले बताउनुभयो ।पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला...
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ३० देश सहभागी

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ३० देश सहभागी

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपालमै पहिलो पटक पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आयोजना हुने भएको छ । क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोना गर्न लागिएको बिहीबार काठमाडाैँमा कार्यक्रम आयाेजना गरेर जानकारी दिइएकाे हाे  । बेलुन नेपाल प्रालिले आयाेजना गर्न लागेको महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा हुनेछ । नेपाल बेलुन प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बेलुन कम्पनीहरूको सहभागिता रहने उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी...
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

Breaking News 1, गण्डकी, ताजा अपडेट, स्वास्थ्य
बागलुङ | धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको हो । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन् । बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन् । (रासस)...
तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

गण्डकी, समाचार
नवलपरासी । सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए । उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज