बन्दीपुरबाट पिकनिक खाएर फर्कनेक्रममा मुग्लिनबाट एक छात्रा बेपत्ता

तनहुँ । तनहुँको बन्दीपुरबाट पिकनिक खाएर फर्कने क्रममा नवलपुरकी एक छात्रा मुग्लिनबाट बेपत्ता भएकी छिन् ।

मध्यविन्दु नगरपालिकाको कुमारवर्ती माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी तनहुँको बन्दिपुर घुम्न गएका थिए । घुमेर फर्कने क्रममा कक्षा ११ मा पढ्ने १९ वर्षीया विपना चौधरी वेपत्ता भएको क्याम्पसले जनाएको छ ।

विद्यार्थी लिएर फर्किदै गरेको बस नारायणघाट–मुग्लिङ सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न रोकेको थियो । शौच गरेर नफर्किए पछि विपनाको रातिदेखि नै खोजी सुरु गरेको क्याम्पसका शिक्षक नारायण अर्यालले बताए । विद्यार्थी वेपत्ता भएपछि शिक्षक र अभिभावक राति नै मुग्लिन पुगेका थिए ।

शौच गर्ने क्रममा विपना त्रिशुलीमा खसेको आशंका गरिएको छ । उनी हराएको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुले खोजी कार्यलाई निरन्तरता दिइरहेको अर्यालले बताए ।

ईलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उनी हराएको स्थानमा हिजोदेखि नै खोज्ने काम गरिएको छ । डुंगाको प्रयोग गरेर त्रिशुली नदीमा खोजी कार्यलाई निरन्तरता दिइएको भण्डारीले बताइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज