Advertisement

बागमती

रत्ननगरका जनप्रतिनिधि र कर्मचारीबीच अन्तरसंवाद

रत्ननगरका जनप्रतिनिधि र कर्मचारीबीच अन्तरसंवाद

बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको आयोजनामा शुभदीपावली, छठपर्व तथा नेपाल सम्वतको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख प्रलाद सापकोटाले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिँदै कर प्रशासनलाई अझै मजबुत बनाउन आग्रह गरे । नगरको सेवा प्रवाहका कारण लिजामा मूल्याङ्कनमा नेपालभरकै नगरपालिकामा तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सबैमा आभार व्यक्त गर्दै कर्मचारीहरुको समस्याहरुको सम्बोधन गर्नेगरी अन्तरर्किया गर्ने बताए । यस्तै, विशिष्ट अतिथि उपप्रमुख यादवप्रसाद पाठकले लिजाको रिजल्टले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय भइरहेको पुष्टि गरेको बताउँदै हुनसक्ने काम समयमै पूरा गर्ने र नहुने काम यो कारणले हुँदैन भनेर सेवाग्राहीलाई बुझाउन आग्रह गरे । उनले विधि र ऐनलाई ...
खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर

खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर

बागमती
भक्तपुर । चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए। घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए। बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उनले जानकारी दिए।...
रत्ननगर–१२ का प्रकृतिलाई उच्च शिक्षाका लागि स्कुटर प्रदान

रत्ननगर–१२ का प्रकृतिलाई उच्च शिक्षाका लागि स्कुटर प्रदान

ताजा अपडेट, बागमती, शिक्षा
रत्ननगर । शारीरिकरूपमा अशक्तता भई हिँडडुल गर्न नसक्ने तथा कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने सपना पूरा गर्न नसकेकी रत्ननगर–१२ का प्रकृति देवकोटालाई रत्ननगर नगरपालिकाले सहयोग गरेको छ । कम्मरभन्दा तलको भागले टेक्न नसक्ने शारीरिक समस्या भएकी उनको स्नातक अध्ययन गर्ने सपना नगरपालिकाले पूरा गरिदिने भएको छ । सोमबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गर्दै उनको बाँकी शैक्षिक यात्राका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘रत्ननगरमा आर्थिक अभावका कारण पढ्नबाट कोही पनि वन्चित हुनु पर्दैन’, उनले भने, नगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने प्रकृतिजस्तै विद्यार्थीहरुका लागि हो ।’ शहीद स्मृति बहुमुखी क्याम्पससम्म जान आउन सहज होस् भनेर चारपाङ्ग्रे स्कुटर प्रदान गरिएको र उनका लागि आवश्यक शैक्षिक शुल्क, स्टेसनरी लगायतका सामग्रीको लागि पन...
अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

Breaking News 1, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं | सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीमाथि प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालेसँगै रास्वपाका केन्द्रीय सदस्य तथा लामिछानेका कारोबारी मित्र मोहनजंग थापा अमेरिकाबाट नेपाल आएका छन् । थापा हालै जिबी राईले प्रहरी र मिडियामा पठाएको भनिएको इमेलमा पाँच करोड भन्दा बढी रकम हुन्डी गरेको प्रकरणमा मुछिएका व्यक्ति मात्र नभइ ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड पैसा माग्ने लामिछानेको कोर टिमका सदस्य पनि हुन। पूर्वसां...
रत्ननगर वडा नं ७ ले जित्याे वडा स्तरीय फुटवलकाे उपाधि

रत्ननगर वडा नं ७ ले जित्याे वडा स्तरीय फुटवलकाे उपाधि

बागमती, समाचार
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा आयाेजना गरेकाे वडा स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि वडा नं ७ ले जितेकाे छ ।  शुक्रबार नेपाल माविकाे खेल मैदानमा भएकाे फाइनल प्रतिस्पर्धामा वडा नं ८ लाई ०-१ गाेल अन्तरले पराजित गर्दै वडा नं ७ ले उपाधि जितेकाे हाे । प्रतियाेगिताकाे विजेता वडा नं ७ लाई ५५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता वडा नं ८ लाई ३० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । रत्ननगर खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा मेयर प्रलाद सापकाेटा र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले पुरस्कार र शिल्ड हस्तान्तरण गरेका थिए । शिक्षा अधिकृत सुमन सिलवाले सञ्चालन गरेकाे कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक सहित वडाध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे। सामाजिक विकास समितिका संयाेजक बालकृष्ण चापागाईल...
रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

बागमती, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको छ । माधवपुर माविमा सञ्चालन हुने सो कक्षामा ३५ जनाको सहभागिता रहेको छ । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले सयुक्त रुपमा उद्घाटन गरेका थिए । रत्ननगरका युवाहरुलाई सरकारी सेवामा रोजगारी र्सिजना गर्ने उद्देश्यले लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु गरिएको वडाध्यक्ष तामाङले बताए । लोकसेवा तयारी कक्षा सुरु गर्नुको उद्देश्य धेरै छन उनले भने युवाहरु विदेश पलायन रोक्ने, रोजगारी र्सिजना गर्ने र निजामती सेवामा युवाहरुलाई प्रवेश गराउने प्रमुख उद्देश्य हो । उनले सीप विकासका तालिम भन्दा सरकारी सेवामा प्रवेशक...
नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण

नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण

ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर वडा नं ६ स्थित नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण कार्यक्रम शुक्रबार गरिएको छ । वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी सचिव गीता तिवारीले प्रगति प्रतिवेदन तथा शोभा पाठकले संस्थाको आयव्याय प्रस्तुत गरेकी थिइन् । सो अबसरमा संस्थाकी अध्यक्ष शुशीला भट्टराईले अनाथ बालबालिकाको संरक्षण, शिक्षा र परिवारमा पुनर्मिलनको लागि बाल संरक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको बताइन् । ८ जना बालबालिका आश्रित केन्द्रले हाल सम्म एक दर्जन बढी बालबालिकालाई शिक्षा र परिवारमा पुनर्मिलन गराइसकेको उनले जानकारी दिइन् । विभिन्न दाताहरुबाट सहयोग संकलन तथा आफ्नै लगानीमा अनाथ बालवालिकालाई शिक्षा प्रदान गरेको उनले बताइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले बालसंरक्षण केन्द्र...
शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा वडा दसैंको अबसरमा सामुहिक दुर्गा पुजा समारोह सूरु भएको छ । शान्तिज्योति युवा समाजको आयोजना गरेको पुजा समारोहको रत्ननगरका मेयर प्रदाल सापकोटाले उद्घाटन गरेका थिए । सोही अबसरमा धर्मसंस्कृति जोगाउन योगदान गरेका १०४ बर्षीय जितन महतो र ८० बर्षीय फडिन्द्रराज न्यौपानेलाई सम्मान गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । महतो र न्यौपानेलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका संस्थापक अध्यक्ष कमल शर्मा भूषालले वडा दसैंको महिमा र दुर्गा पुजाको धार्मिक महत्वका बारेमा प्रकास पारेका थिए । सोही अबसरमा संविधान सभा सदस्य सावित्रीदेवी चौधरीले समेत मन्तव्य राखेकी थिइन् । सो अबसरमा मेयर सापकोटाले मेयर धर्मले मानिसलाई अनुसानमा बाध्ने भन्दै स्थानीय सरका...
भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : रेनु दाहाल

भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : रेनु दाहाल

अर्थ, बागमती, समाचार
भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले बुधबारदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेसन बनाउन लागेको बताइन् । स्टेसनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उनले जानकारी दिइन् । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेसन बनाउन लागेको बताइन् । महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताइन् । उनले भनिन्, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।” कार्यक्रममा एसोसिएसनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेसन, अटोल्याण्ड, मोटर्स स्पोर्सका ल...
नारायणगढ–मुग्लिन सडकमा डिब्बा ट्रकले बसलाई ठक्कर

नारायणगढ–मुग्लिन सडकमा डिब्बा ट्रकले बसलाई ठक्कर

ताजा अपडेट, बागमती, समाचार
चितवन । भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिएको छ । ना ६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको प्र१–०२–००१ ख ९९८९ नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको हो । डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । बसमा सवार भक्तपुर नगरपालिका९ बस्ने वर्ष १९ की अपिया सुहालको नाकमा चोट लागि सामान्य घाइते भएको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज