रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको छ । माधवपुर माविमा सञ्चालन हुने सो कक्षामा ३५ जनाको सहभागिता रहेको छ । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले सयुक्त रुपमा उद्घाटन गरेका थिए । रत्ननगरका युवाहरुलाई सरकारी सेवामा रोजगारी र्सिजना गर्ने उद्देश्यले लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु गरिएको वडाध्यक्ष तामाङले बताए । लोकसेवा तयारी कक्षा सुरु गर्नुको उद्देश्य धेरै छन उनले भने युवाहरु विदेश पलायन रोक्ने, रोजगारी र्सिजना गर्ने र निजामती सेवामा युवाहरुलाई प्रवेश गराउने प्रमुख उद्देश्य हो ।

उनले सीप विकासका तालिम भन्दा सरकारी सेवामा प्रवेशका लागि गरिएको लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा प्रभावकारी देखिएको बताए । शिक्षा आर्जन गरेका युवाहरु बेरोजगार हुने समस्या विद्यामान रहेको भन्दै वडाध्यक्ष तामाङले निजामती मार्फत देशको सेवामा युवाहरुलाई प्रवेश गराउन तयारी कक्षा गरेका हौं । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समितिका संयोजक चापागाईँले स्थानीय सरकारले युवाहरुलाई निजामती सेवामा प्रवेश गराउन गरिएको तयारी कक्षा अनुपम उदाहरण भएको बताए । वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयले सुरु गरेको तयारी कक्षा युवाहरुको लागि महत्वपूर्ण अबसर भएको बताए । लोकसेवा सारथि प्रा.लि.को सहजीकरणमा सुरु गरिएको उक्त कक्षामा लोकसेवा तर्फ नायब शुब्वा र शिक्षा सेवा आयोग तर्फ प्रावि, निमावि र मावि तहको तयारीको लागि विषयहरु पढाई हुने छ । वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल, रुकमाया परियार,लोकसेवा सारथि प्रा.लिका सञ्चालक महेश घिमिरे, पान्चायन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सन्दिप रेग्मी, माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङ, विद्यालयका अध्यक्ष रामकृष्ण खड्का, प्रधानाध्यापक रमेश भट्ट लगायतको उपस्थिति रहेको थियो । वडा सचिव नवराज तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए । सो वडा कार्यालयले अघिल्ला दुई बर्षमा ६९ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेका थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज