भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले बुधबारदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेसन बनाउन लागेको बताइन् ।

स्टेसनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उनले जानकारी दिइन् । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेसन बनाउन लागेको बताइन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताइन् । उनले भनिन्, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।”

कार्यक्रममा एसोसिएसनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेसन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गरे । एसोसिएसनले पहिलोपटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताए । उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरे, च्याम्बिर अर्फ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, एशोसिएशनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठलगायतले जिल्लामा पहिलोपटक यति ठूलो कार्यक्रम गर्न पाएको बताए ।

एक्स्पोमा २८ वटा स्टल रहेका छन् । ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जिप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन् । एसोसिएसनले यसअघि भुटान र भारतसम्म मोटर र्‍याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्‍याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज