रत्ननगरका जनप्रतिनिधि र कर्मचारीबीच अन्तरसंवाद

रत्ननगर । रत्ननगर नगरपालिका सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको आयोजनामा शुभदीपावली, छठपर्व तथा नेपाल सम्वतको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख प्रलाद सापकोटाले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिँदै कर प्रशासनलाई अझै मजबुत बनाउन आग्रह गरे । नगरको सेवा प्रवाहका कारण लिजामा मूल्याङ्कनमा नेपालभरकै नगरपालिकामा तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सबैमा आभार व्यक्त गर्दै कर्मचारीहरुको समस्याहरुको सम्बोधन गर्नेगरी अन्तरर्किया गर्ने बताए ।

यस्तै, विशिष्ट अतिथि उपप्रमुख यादवप्रसाद पाठकले लिजाको रिजल्टले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय भइरहेको पुष्टि गरेको बताउँदै हुनसक्ने काम समयमै पूरा गर्ने र नहुने काम यो कारणले हुँदैन भनेर सेवाग्राहीलाई बुझाउन आग्रह गरे । उनले विधि र ऐनलाई कार्यान्वयनका गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै गत वर्ष गरेको भन्दा अब्बल काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा लेखा शाखा प्रमुख एवं लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले काम गर्दै जाँदा प्राविधिक त्रुटि हुनसक्ने भन्दै त्यसलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले लोभ, लालच र घाक–धम्कीबाट प्रभावित नभई आपनो काम कर्तव्य र अधिकार बमोजिम सेवा गरिहेको जिकिर गरे ।

गत आर्थिक वर्षमा ८० प्रतिशतको हाराहारीमा बजेट खर्च भएको र कर्मचारीले सामूहिक भावनाले काम गरिरहेको बताउँदै सोहेन्द्रराज खरेललाई ध्यानाकर्षण गराउँदै कर्मचारीलाई इन्सेन्टिभको व्यवस्था गर्न माग गरे ।

यस्तै, वडा नं–६ का वडा सदस्य वीरेन्द्र महतोले नगरले लिएको लक्ष्यमा पुग्न जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । उनले प्रविधिको विकाससँगै सफ्टवेयरमार्फत दर्ता चलानीको व्यवस्था गरी सेवाग्राहीको कुन फाइल कुन शाखामा छ भन्ने जानकारी गराउन सुझाव दिए ।

नगरप्रवक्ता कुलप्रसाद सापकोटा रूर स्वास्थ्य शाखा प्रमुख माघवप्रसाद पौडेलले सामूहिक भावनाका साथ काम गर्न सकिए सेवाग्राहीलाई प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सकिने बताए ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले नगरपालिकामा पृथक ढङ्गले कसैलाई नहेरेको बताउँदै करार कर्मचारी र लोकसेवा कर्मचारीको सेवासुविधामा केही भिन्नता रहेकाले त्यसलाई सहजरूपमा लिनुपर्ने बताए ।

सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले कर्मचारीका समस्या न्यूनीकरण गर्न आफूले अपेक्षा गरेको कुरा समितिमा राख्न आग्रह गरे । उनले सार्वजनिक सेवालाई चुस्त र दुरुस्त बनाउने र संस्थागत क्षमता विकासका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीका विविध समस्याका विषयमा छलफल गर्न तयार रहेको बताए ।

प्रशासन शाखा प्रमुख सविता अर्यालले कर्मचारी र जनप्रतिनिधिका गुनासाहरु प्रस्तुत गर्दै कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज