Advertisement

बागमती

दसैँमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान

दसैँमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान

ट्रेन्डिङ, बागमती, समाचार
काठमाडौँ | बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् । अरु दिनमा आन्तरिक उडान राति १० बजेसम्म भइसक्थे । तर, बाढीपहिरोपछि आइतबार यता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् । काठमाडौं विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार, मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए । यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले ओहोदोहोर गरेका थिए । मं...
विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । त्रिभुवन अन्र्तरािष्ट्रय विमानस्थलको पार्किङ शुल्क उठाउने जिम्मेवारी नयाँ कम्पनीलाई दिनका लागि खुलाइएको ठेक्का आह्वानमा एउटा पनि आवेदन परेको छैन । विमानस्थलमा भएको पार्किङ शुल्क उठाउने ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको थियो । ३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा एउटा पनि आवेदन नपरेपछि पुन ठेक्का आह्वान गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । असोृज १६ गते (आज) आह्वान गरिएको ठेक्काका लागि ३० दिनभित्र आवेदन दिनुपर्नेछ । ठेक्का लिन चाहनेले न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्म कबोल गरेको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ । यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ । सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकिएपछि नयाँ ठेक्का प्रक्रियाको आह्वान भइरहेपनि अहिले उसैले पार्क...
रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

ट्रेन्डिङ, बागमती, समाचार
रत्ननगर । चितवनमा नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा बुधबारदेखि सुरू भएको छ । रत्ननगर नगरपालिका वडा नं १० वाट उक्त सेवा सुरु गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । रत्ननगर वडा नं १० जागृती टोल निवासी सिद्धान्त शर्माको जिल्लामै पहिलो पटक अनलाइनबाटै नागरिकताको सिफारिस गरी सेवा सुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी दिए । वडा नं १० मा उद्घाटन भएपछि जिल्लाका ९८ वटै वडामा सेवा सुरु भएको उनले जनाकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले सुचना प्रविधिको युगमा नेपाल सरकारले सुरु गरेको अनलाइनबाटै नागरिकताको सिफारिसको काम स्वागत योग्य रहेको बताए । नागरिकताको लागि फारम भर्न लाइन बस्नु पर्दा सेवाग्रा...
रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

बागमती, स्वास्थ्य
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजना तथा ब्लड डोनर्स सोसाइटी रत्ननगर प्रस्तावित समितिको सहआयोजनामा भएको सो कार्यक्रममा दुई जना महिला सहित ३४ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको हो । ब्लड डोनर्स सोसाइटी चितवनका चितवनका सचिव विपिन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना लगायतले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रमका लागि रत्नप्रिय क्लव, नेपाल बजार विक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय समिति र राम्रो दृष्टि हाम्रो दृष्टि नामक संस्थाले सहयोग गरेका थिए । सोसाइटीका जिल्ला कोषाध्यक्ष सन्तोष थाप...
रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

बागमती, समाचार, स्वास्थ्य
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबार आयोजना गरिएको स्वास्थ्य शिविरमा ३२२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुह ज्येष्ठ नागरिक केन्द्रित स्वास्थ्य शिविर आयोजना गरेको हो । बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञहरुको टोलीले सुगर र प्रेसरका १२७ जना र आँखा १९५ जना गरी ३२२ जनाको उपचार गरिएको समुहका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको लम्सालले जानकारी दिए । उद्घाटन कार्यक्रम समुहका कार्यबहाक अध्यक्ष तन्द्रकान्त ओझाको अध्यक्षतामा भएको थियो । रत्ननगर नगरनगरपालिकामा मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपमेयर यादव प्रसाद पाठक, वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । शिविरम...
रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

बागमती
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ चिसापानीमा असोज १७ गतेबाट २६ गते सम्म श्रीमद् देवीभागवत नबाह ज्ञानमहायज्ञ हुने भएको छ । वडा दसैंको अबसर पारेर चिसापानी भगवती मन्दिर व्यवस्थापन समितिले महायज्ञको आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । धार्मिक तथा एतिहासिक महत्व बोकेको चिसापानीलाई त्रिवेणी धामको रुपमा विकास गर्ने उद्देश्यले महयज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । ज्योतिस पण्डित निर्मल पौडेलले कथाबाचन गर्ने सो महायज्ञबाट संकलित रकमबाट निर्माणाधिन किरियापुत्री भवन निर्माण पुरा गर्ने, पानीको व्यवस्थापन गर्ने, मन्दिर पुनर्निर्माण गर्ने, आवश्यक जग्गा खरिद गर्ने उद्देश्य रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । नौं दिन सम्म चल्ने म...
अभिभावकको सम्झनामा असहाय बृद्ध कल्याण समाजलाई खाद्यान्न सहयोग

अभिभावकको सम्झनामा असहाय बृद्ध कल्याण समाजलाई खाद्यान्न सहयोग

बागमती
चितवन, १५ आश्विन। हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं नजिकिदै गर्दा असहाय बृद्ध कल्याण समाजका लागि स्वर्गीय आमा बुवाको सम्झनामा छोरी सुजाता पाठकले खाद्यान्न सहयोग गरेका छन । चितवन राप्ती ८ हाल फ्रान्स निवासी सुजाता पाठक र ज्वाई कुमार थापाले अभिभावक स्व दर्शन राज पाठक र स्व राधा कुमारी पाठकको सम्झनामा र न पा १३ मा रहेको असहाय बृद्ध कल्याण समाजलाई नेवारी चामल ३ बोरा , घरमा पेलिएको शुद्ध तोरीको तेल ५ लिटर , मुसुरोको दाल ३ केजी , नुन एक पोका , चना १ केजी , केराउ १ केजी , बोडी १ केजी , मिस्रि २ केजी , नरिवल र १ कार्टुन पानी गरि करिब रु १५००० बराबरको खाद्यान्न प्रदान गरिएको छ । खाद्यान्न वितरणमा चेपाङ्ग संरक्षण केन्द्रका अग्रज पत्रकार के पी किरण शर्माले यसरि सहयोग प्राप्त गर्दा असहाय बृद्धहरुलाई जीवन यापन गर्न सहज हुने र दाता प्रति आभार ब्यक्त गर्नु भएको थियो । उक्त खाद्यान्न सहयोगमा रा...
रत्ननगर रेडक्रसको २७औं साधारण सभा

रत्ननगर रेडक्रसको २७औं साधारण सभा

बागमती
रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरको २७औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरि पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष चन्द्रकान्त ओझाले आर्थिक प्रतिवेदन तथा सहकोषाध्यक्ष बलभद्र घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपशाखाका विशिष्ठ सदस्यहरु डा. कृष्णप्रसाद पौडेल र नवराज तिमिल्सिनालाई सम्मान गरिएको थियो । सो अबसरमा जिल्ला सभापति पौडेलले मानवीय सेवा कार्यमा रेडक्रसले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै विपद्मा उद्दार र राहत वितरण कार्यमा रेडक्रस अग्रणी स्थानमा उभिदै आएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी निर्वतमान उपमेयर विमला दुवाडी, वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी, वडा नं २ की वडा सदस्य रमा भट्टराई, रत्ननगर रेडक्रसका पूर्व सभापति मित्रेश्वर शर्मा, रेडक्रसकी प्रशिक्षण निता ढका...
रत्ननगरमा वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

रत्ननगरमा वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

खेलकुद, बागमती
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ स्थित हातीगाडेमा मंगलबार देखि प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता हुँदैछ । मुनाल ब्वाईजको आयोजनामा असोज १५ गतेदेखि २३ गते सम्म हुने सो प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा रत्ननगर र यस आसपासका झन्डै २० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक अनमोल गुरुङले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टिमले नगद रु ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । वडा १६ को मुख्य सहयोगमा हुन लागेको प्रतियोगितामा सेन्ट्रल मोडल कलेज भरतपुर र स्व.धर्म थापाको स्मृतिमा उनको परिवारबाट आर्थिक सहयोग रहने प्रतियोगिता बारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष ...
रत्ननगर वडा नं ९ का बाढी पीडितलाई राहत वितरण

रत्ननगर वडा नं ९ का बाढी पीडितलाई राहत वितरण

बागमती
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ का विपन्न समुदायका बाढी पीडितलाई राहत वितरण गरिएको छ । वडा कार्यालयले २३ घरधुरीलाई राहत वितरण गरेको हो । वडा अन्तर्गत लालपर्सा, बालुवाटार, कपरफोरी, कुमालटोलका बाढी पीडितलाई प्रतिघरधुरी २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर तेल, २ किलो चिउरा, १ पोका दालमोठ, २ बोका मस्यौरा र साढे दुई किलो आलु प्रदान गरिएको वडासचिव सुर्यप्रसाद ढुंगानाले जानकारी दिए । वडाध्यक्ष अनन्त अधिकारी, वडा सदस्यहरु कमानसिंह चौधरी, शुष्मा खड्काथोकी र लेखबहादुर तामाङले बाढी पीडितलाई राहत हस्तान्तरण गरेका थिए । वडाध्यक्ष अधिकारीले बाढीबाट प्रभावित विपन्न समुदायका घरधुरीलाई राहत वितरण गरिएको बताए । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका समुदायलाई तत्कालको लागि छाकटार्नको लागि राहत प्रदान गरिएको उनको भनाई छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज