Advertisement

रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ चिसापानीमा असोज १७ गतेबाट २६ गते सम्म श्रीमद् देवीभागवत नबाह ज्ञानमहायज्ञ हुने भएको छ । वडा दसैंको अबसर पारेर चिसापानी भगवती मन्दिर व्यवस्थापन समितिले महायज्ञको आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । धार्मिक तथा एतिहासिक महत्व बोकेको चिसापानीलाई त्रिवेणी धामको रुपमा विकास गर्ने उद्देश्यले महयज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । ज्योतिस पण्डित निर्मल पौडेलले कथाबाचन गर्ने सो महायज्ञबाट संकलित रकमबाट निर्माणाधिन किरियापुत्री भवन निर्माण पुरा गर्ने, पानीको व्यवस्थापन गर्ने, मन्दिर पुनर्निर्माण गर्ने, आवश्यक जग्गा खरिद गर्ने उद्देश्य रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

नौं दिन सम्म चल्ने महायज्ञबाट ७० लाख संकलन गर्ने र ५ लाख खर्च लाग्ने अनुमान गरिएको महायज्ञका सहसंयोजक सुवास घिमिरेले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने सो महायज्ञमा वडा दसैंको लागि सामुहिक जमरा राख्ने, दैनिक सन्ध्या महाआरती गर्ने, पाठपारायण गरिने सहसंयोजक घिमिरेले जानकारी दिए । वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले चिसापानी क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारको १० लाख, रत्ननगर नगरपालिकाको १० लाख र वडा कार्यालयको एक लाख बराबरको फर्निचर सहयोगमा किरियापुत्री भवन निर्माण भइरहेको छ । महायज्ञबाट संकलित भएको रकमबाट उक्त भवनको निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष घिमिरेले बताए । चिसापानी क्षेत्रमा नवरात्री मेलाको सुरुवात महायज्ञबाटै गर्ने र बार्षिक रुपमा उक्त मेला चिसापानीमा लाग्ने कुराको प्रचारप्रसार गर्ने उनले बताए । पत्रकार सम्मेलनमा शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल, मन्दिर व्यवस्थापन समितिकी सल्लहाकार तथा महायज्ञ कलशयात्र उपसमितिकी संयोजक लक्ष्मी घिमिरेले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज