रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर । चितवनमा नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा बुधबारदेखि सुरू भएको छ । रत्ननगर नगरपालिका वडा नं १० वाट उक्त सेवा सुरु गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । रत्ननगर वडा नं १० जागृती टोल निवासी सिद्धान्त शर्माको जिल्लामै पहिलो पटक अनलाइनबाटै नागरिकताको सिफारिस गरी सेवा सुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी दिए । वडा नं १० मा उद्घाटन भएपछि जिल्लाका ९८ वटै वडामा सेवा सुरु भएको उनले जनाकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले सुचना प्रविधिको युगमा नेपाल सरकारले सुरु गरेको अनलाइनबाटै नागरिकताको सिफारिसको काम स्वागत योग्य रहेको बताए । नागरिकताको लागि फारम भर्न लाइन बस्नु पर्दा सेवाग्राहीले सास्ती खप्दै आएको भन्दै उनले यो सेवा सुरु भएपछि तत्काल काम बन्ने र सास्ती अन्त्य हुने उनले विश्वास व्यक्त गरे । केन्द्रीकृत नागरिकता सूचना प्रणालीमार्फत जिल्लाका सात पालिकाका ९८ वटै वडाबाट अनलाइन सिफारिस सेवा सुरू भएको प्रजिय यादबले बताए । नागरिकताका लागि अनलाइनबाटै सिफारिस गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय चितवनले वडा, स्थानीय तहहरुका सचिव र आइटी शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको थियो । सेवा प्रदान गर्न गृह मन्त्रालयको सूचना प्रविधि शाखाले जिल्लाका सातवटै स्थानीय तहलाई युजर आइडी र पासवर्डसमेत पठाइसकेको यादबले जानकारी दिए । नागरिकताको प्रमाणपत्रका लागि आवश्यक कागजपत्र लिएर वडा कार्यालयमा पुगेपछि वडाले नै अनलाइन सिफारिस गर्ने छ प्रमुख जिल्ला अधिकारी यादवले भने उक्त सिफारिस प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयका कर्मचारीले अनलाइनबाटै हेर्न र प्राप्त गर्न सक्छन् । अनलाइन प्रणाली सुरू भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री हुने, झूटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृहअन्तर्गत नागरिकता फाँट विभागमा रजिष्ट्रेसन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ । रत्ननगर नगरपालिका वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलले अनलाइनबाट नागरिकताको सिफारिसको काम वडा कार्यालयमा उद्घाटन गर्ने अबसर पाउदा आफुलाई भाग्यमानी ठानेको चित्रण गरे । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जवी शर्मा उपस्थित रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगरमा अनलाइनबाट नागरिकताको सिफारिसको काम प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए । वडा सचिव सुरेन्द्र चौधरीले सञ्चालन गरेको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी डा.हेम केसी, वडाध्यक्षहरु आशिक तामाङ, सोहेन्द्र राज खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडाध्यक्ष पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज