रत्ननगरका जनप्रतिनिधि र कर्मचारीबीच अन्तरसंवाद
रत्ननगर । रत्ननगर नगरपालिका सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको आयोजनामा शुभदीपावली, छठपर्व तथा नेपाल सम्वतको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख प्रलाद सापकोटाले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिँदै कर प्रशासनलाई अझै मजबुत बनाउन आग्रह गरे । नगरको सेवा प्रवाहका कारण लिजामा मूल्याङ्कनमा नेपालभरकै नगरपालिकामा तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सबैमा आभार व्यक्त गर्दै कर्मचारीहरुको समस्याहरुको सम्बोधन गर्नेगरी अन्तरर्किया गर्ने बताए ।
यस्तै, विशिष्ट अतिथि उपप्रमुख यादवप्रसाद पाठकले लिजाको रिजल्टले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय भइरहेको पुष्टि गरेको बताउँदै हुनसक्ने काम समयमै पूरा गर्ने र नहुने काम यो कारणले हुँदैन भनेर सेवाग्राहीलाई बुझाउन आग्रह गरे । उनले विधि र ऐनलाई ...




















