Advertisement

Breaking News 1

देउवा र लिङ्देनबीच भेटवार्ता

देउवा र लिङ्देनबीच भेटवार्ता

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मंगलबार अपरान्ह देउवाको बूढानीलकण्ठ निवासमा दुई नेताबीच भेट भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल

Breaking News 1, ताजा अपडेट, बागमती, ब्यापार
पुस २३, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रम बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरुको सहभागी रहेको थियोे । कार्यक्रममा उपस्थित दुग्ध व्यवसायीहरुले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकत्व भूमिका हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्षले प्रदेश दुग्ध विकास बोर्डले सरकार किसान र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था सहित बिशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरि नमुना प्रदेशको रुपमा विकास गर्न तत्पर रहेको कुरा बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बा...
तिब्बत भूकम्प ९५ जनाको मृत्यु, १३० घाइते

तिब्बत भूकम्प ९५ जनाको मृत्यु, १३० घाइते

Breaking News 1, ताजा अपडेट, समाचार
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो । स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६ .८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु९गहिराइ० १० किलोमिटर छ । यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्ल...
ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

Breaking News 1, समाचार
२१ पौष( खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका छ । उनका अनुसार, जिल्ला अस्पताल पर्वतमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति रेग्मीलाई पोखरा पठाइएको छ ।  ...
सुरु भयो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

सुरु भयो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

Breaking News 1, समाचार
काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ । अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ । तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् ।...
नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ ।  नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।  खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।...
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

Breaking News 1, मधेस प्रदेश, समाचार, स्वास्थ्य
पर्सा ।वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताललाई पाँच सय शैंयामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुरुयोजनाको काम अघि बढाइएको जानकारी दिए । ‘एकातर्फ अस्पतालका भवनका संरचना जीर्ण अवस्थामा छन् । अर्कातर्फ भएका भवन छरिएर रहेकाले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ’, उनले भने, ‘अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने गुरुयोजना निर्माणको काम अघि बढाइरहेका छौँ ।’ ‘अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ’, मेसु दासले भने, ‘पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन ।’ मेस...
एनपिएलमा आज हुँदैछन् दुई खेल

एनपिएलमा आज हुँदैछन् दुई खेल

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका मा...
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News 1, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्। एमालेका लक्ष्मीरत्‍न तुलाधरले २२ सय २० पाएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो।...
बाघको छालासहित एकजना पक्राउ

बाघको छालासहित एकजना पक्राउ

Breaking News 1, लुम्बिनी, समाचार
कपिलवस्तु | जिल्लाको वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं ५ का ४१ वर्षिय विष्णु प्रसाद भट्टराईलाई पक्राउ गरेको हो। लजको काउन्टरमा शंकास्पद अवस्थामा रहेका भट्टराईलाई खान तलासी गर्दा सेतो प्लाष्टिकको बोरामा लुकाई राखेको पाटे बाघको छाला भेटिएको प्रहरीले बताएको छ। उक्त छालालाई टाउको देखि पुच्छरको फेदसम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चारवटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागेजस्तो देखीने ३ वटा सानो प्वाल रहेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए। उक्त छालालाई बरामद गरी आव...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज