समाचार

चर्चित भारतीय ब्याटर र पाकिस्तानी बलर नेपाली भूमिका आमने–सामने, खेल रोचक हुने अपेक्षा

चर्चित भारतीय ब्याटर र पाकिस्तानी बलर नेपाली भूमिका आमने–सामने, खेल रोचक हुने अपेक्षा

खेलकुद, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरू हुनेछ । कर्णालीमा भारतका चर्चित ब्याटर शिखर धवन तथा चितवनमा पाकिस्तानका बलर सोहिल तानबिर छन् । धवन देब्रे हाते ब्याटर हुन् भने तानबिर देब्रे हाते बलर । यसर्थ आज यी दुईको भिडन्तले खेल रोचक हुने अपेक्षा गरिएको छ । किनकि धवन र तानबिर १६ वर्षपछि कुनै पनि फ्रेन्चाइज लिगमा आमने–सामने हँदैछन् । यो संयोग नेपाली भूमिका जुरेको छ । यी दुई टी–ट्वान्टी फ्रेन्चाइज लिगअन्तर्गत पछिल्लोपटक सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आमने–सामने भएका थिए । तानबिरले राजस्थान रोयल्सबाट खेल्दा धवन दिल्ली डियरडेभिल्समा आबद्ध थिए । सो वर्ष उपाधि तानबिर आबद्ध राजस्थानले जितेको थियो । जारी प्रतियोगि...
अपाङ्गताको नक्कली कार्ड लिएर माग्दै हिँड्ने दुई युवा पक्राउ

अपाङ्गताको नक्कली कार्ड लिएर माग्दै हिँड्ने दुई युवा पक्राउ

Breaking News 2, कोशी प्रदेश, गण्डकी, समाचार
खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए । “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उनले भने “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्ष...
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

Breaking News 1, मधेस प्रदेश, समाचार, स्वास्थ्य
पर्सा ।वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताललाई पाँच सय शैंयामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुरुयोजनाको काम अघि बढाइएको जानकारी दिए । ‘एकातर्फ अस्पतालका भवनका संरचना जीर्ण अवस्थामा छन् । अर्कातर्फ भएका भवन छरिएर रहेकाले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ’, उनले भने, ‘अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने गुरुयोजना निर्माणको काम अघि बढाइरहेका छौँ ।’ ‘अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ’, मेसु दासले भने, ‘पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन ।’ मेस...
एनपिएलमा आज हुँदैछन् दुई खेल

एनपिएलमा आज हुँदैछन् दुई खेल

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका मा...
ताप्लेजुङको सिरिजङ्घा-३ एमालेका सावादेन निर्वाचित

ताप्लेजुङको सिरिजङ्घा-३ एमालेका सावादेन निर्वाचित

कोशी प्रदेश, ताजा अपडेट, राजनीति, समाचार
फुङ्लिङ |  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन्। आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए। सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरेका छन्। कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो। जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यह...
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

कर्णाली, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं | दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । उनी ३ हजार १२७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गर्दा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।...
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News 1, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्। एमालेका लक्ष्मीरत्‍न तुलाधरले २२ सय २० पाएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो।...
झापाको कन्काई-६ : एमालेलाई उछिनेर कांग्रेसबाट बागी उठेका ओली विजयी

झापाको कन्काई-६ : एमालेलाई उछिनेर कांग्रेसबाट बागी उठेका ओली विजयी

कोशी प्रदेश, ताजा अपडेट, राजनीति, समाचार
भद्रपुर |  झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। हिजो भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।  चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन्। उनले नेपाली कांग्रेसबाट बागी उठ्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनका अनुसार एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, माओवादी केन्द्रका गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे। यसअघि २०७९ सालमा भएको निर्वाचनमा एमालेका दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए। कन्काई-६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।...
रविकाे बयान आज पनि , सकिए लगत्तै पाेखरा पठाइने

रविकाे बयान आज पनि , सकिए लगत्तै पाेखरा पठाइने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आज पनि जारी रहने भएको छ शुक्रवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलको कार्यालय लगि पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएको हो । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने भएका छन बयान सकिए पछि सम्भवतः आजै पोखरा फर्काइने छ । शुक्रबार बिहान देखि सुरू भएको बयान सो दिनको अपरान्ह ३:३० बजे सकिएक थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजो उनले झन्डै ५ घन्टा लामो बयान दिएका थिए । सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपम लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम ...
उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

ताजा अपडेट, मधेस प्रदेश, राजनीति, समाचार
धनुषा । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सुनिल कापर केवट निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे। साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज