रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड
रत्ननगर । चितवनको रत्ननगरका पुजन लामिछानेले भिडियो सम्पादन विधामा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएका छन् ।
वुमेन्स इरा एण्ड मिडिया ग्रुपले उनलाई सम्पादन विधामा उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरेको हो । सञ्चारकर्मी समेत रहेका लामिछाने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको लागि मनोनयनमा परेका थिए । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार सम्पन्न भब्य समारोहका बीच लामिछानेलाई अवार्ड प्रदान गरिएको हो ।
लामिछाने दसैँ आयो’ गीतबाट भिडियो सम्पादनको उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान ः हाम्रो एक अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौँ संस्करणको अवार्डमा विभिन्न विधालाई समावेश गरिएको थियो । अवार्डमा आधुनिक पप लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको जनाइएको छ ।
लामिछाने चितवनमा रहेर भिडियो सम्पादनमात्रै नभई मोडलिङ र अभिनयमा पनि उत्त...




















