Advertisement

Day: २३ कार्तिक २०८१, शुक्रबार

झाडापखाला रोक्ने पाँच घरेलु उपाय !

झाडापखाला रोक्ने पाँच घरेलु उपाय !

स्वास्थ्य
काठमाडौँ  | कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि झाडापखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्‍याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ । १. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ । २. पखाला लागेको बेला धेरै फाइबर भएका फलफूल वा खाना भने खानु हुँदैन । स्याउजस्ता फलहरु खायो भने स्थिति झन खराब बन्न सक्छ । ३. कडा कफी खायो भने त्यसले पनि पखाला नियन्त्रण गर्न मद्दत गर्छ । ४. दहीमा भुटेको मेथी र जिरा मिसाएर खायो भने पखाला रोक्न सहयोग गर्छ । ५. पखाला लागेको बे...
पत्रकार माझ नयाँ सिडियो र एसपीले भने : शान्ति सुरक्षाको नो सम्झौता, ठाँउको ठाँउ कार्वाही नीति !

पत्रकार माझ नयाँ सिडियो र एसपीले भने : शान्ति सुरक्षाको नो सम्झौता, ठाँउको ठाँउ कार्वाही नीति !

बागमती, समाचार
चितवन | चितवनमा भर्खर मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनगुनासो आउने गरी काम गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको सेवाप्रवाहलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने स्पष्ट पारेका छन् । उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन् । शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशासनमा चितवन जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले विकास निर्माणको क्षेत्रमा कामगर्ने तीनवटा सरकारहरु रहेको, भ्रष्टचारहेर्ने पनि अर्के निकायहरु भएकाले आफनो प्राथमिकता नागरिकको सेवा प्रभाव नै हुने बर्ता। जिल्लाको शान्...
नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

बागमती, समाचार
चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । घाइते पाँच जनामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
बीपी राजमार्ग: राति यातायात सञ्चालनमा रोक कायमै

बीपी राजमार्ग: राति यातायात सञ्चालनमा रोक कायमै

समाचार
काभ्रेपलाञ्चोक | गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ । उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १० घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । सुख्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको बताए । करिब आठ किलोमिटर उक्त सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ । कार्यालयले उक्त सडकखण्डम...
कमलाले चुनाव हारेपछि बाइडेनले भने, ‘हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ’

कमलाले चुनाव हारेपछि बाइडेनले भने, ‘हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ’

राजनीति, समाचार
वासिङ्टन डीसी । चुनावी नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरे । आफ्नो कार्यकाल सकिन ७४ दिन बाँकी रहेकोमा राष्ट्रपति बाइडेनले आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरेर विदा हुन चाहेको बताए । उनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ। देशले जे चाहान्छ, यहाँको नेतृत्व उसैले गर्छ ।' राष्ट्रपति बाइडेनले चुनावमा पराजय भएपनि उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका थिए ।...
दीपक मनाङे अब ३ वर्ष जेल बस्नुपर्ने

दीपक मनाङे अब ३ वर्ष जेल बस्नुपर्ने

Breaking News 2, गण्डकी, समाचार
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो। मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् । त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने भएको हो। मनाङेले अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि २०६१ सालमा तरबार आक्रमण गरेका थिए। उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो। उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज