काठमाडौँ | कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि झाडापखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ ।
१. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ ।
२. पखाला लागेको बेला धेरै फाइबर भएका फलफूल वा खाना भने खानु हुँदैन । स्याउजस्ता फलहरु खायो भने स्थिति झन खराब बन्न सक्छ ।
३. कडा कफी खायो भने त्यसले पनि पखाला नियन्त्रण गर्न मद्दत गर्छ ।
४. दहीमा भुटेको मेथी र जिरा मिसाएर खायो भने पखाला रोक्न सहयोग गर्छ ।
५. पखाला लागेको बेला दुग्ध उत्पादन जस्तै पनिर, चिज आदि खानुहुँदैन । तर, दहीमा भएको ब्याक्टेरियाले भने हाम्रो आहारनलीलाई दह्रो बनाउन मद्दत गर्छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।