Advertisement

पत्रकार माझ नयाँ सिडियो र एसपीले भने : शान्ति सुरक्षाको नो सम्झौता, ठाँउको ठाँउ कार्वाही नीति !

चितवन | चितवनमा भर्खर मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनगुनासो आउने गरी काम गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको सेवाप्रवाहलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने स्पष्ट पारेका छन् ।
उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन् । शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशासनमा चितवन जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए ।

परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले विकास निर्माणको क्षेत्रमा कामगर्ने तीनवटा सरकारहरु रहेको, भ्रष्टचारहेर्ने पनि अर्के निकायहरु भएकाले आफनो प्राथमिकता नागरिकको सेवा प्रभाव नै हुने बर्ता। जिल्लाको शान्ति सुरक्षामा समेत कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाए ।

उनले जिल्लाका सेवा प्रदायक कार्यालयहरुले नागरिकलाई प्रदान गर्ने सेवाहरु सहज रुपमा उपलब्ध गराउनका लागि कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको उल्लेख गरे । बजारमा धेरै विकृतिहरु देखिएकाले पत्रकारहरुको रोहबरमा नै विकृति नियन्त्रण, लागुऔषध नियन्त्रण, स्वास्थ्य संस्थाको अनुगमन लगायतका कामहरु गर्ने तामाङको भनाइ छ ।

पत्रकारहरुलाई खराब कामको खबदारी गर्दै बाहिर ल्याउन आग्रह गरेका छन् । नकारात्मक कामको खबरदारी गर्नुहोस् उनले अब तुरुन्तै एक्सनमा आउछु । पौडेलले जिल्ला भित्र हुने कुनै पनि किसिमका नकारात्मक एवं हिसां भड्काउने गतिविधि बाहिर ल्याएर नागरिकलाई सुसोचित बनाउन आग्रह गरे ।

चितवन जिल्लामा सेवाका लागि आउन चाहने प्रशासकहरुको चाहना हुने भनाई पनि उनले राखे । चितवनको छवि देशविदेशमा निकै राम्रो रहेको बताउँदै उनले समग्र जिल्लाको विकास र सुरक्षामा समन्वयात्मक रुपमा अगाडि बढ्ने भनाई पनि उनले राखे ।

सोही कार्यक्रममा निरौलाले कार्यालयबाट प्रदान हुने कुनै पनि सुचनालाई सरल र सहज बनाउने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । उनले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री वातावरण तयारमा ध्यान दिने बताए ।

नागरिकलाई सविंधानले प्रत्याभूत गरेका आधारभूत अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने पौडेलको भनाई छ । पौडेलले मेडिकल सिटी चितवनमा धेरै स्वास्थ्य संस्थाहरु रहेका भन्दै एम्बुलेन्सका विकृति, फार्मेसी, क्लिनिक, पोलिक्लिनिक लगायतको नियमन गर्दै चाँडै उनीहरुसँग बैठक बस्ने बताए । जिल्लाको स्वास्थ्य सेवालाई सुरक्षित बनाउने तामाङले थप प्रतिबद्धता थियो ।
उनले मुलुकको केन्द्र केन्द्र भाग यहाँ लागुऔषधको कारोबार हुने गरेकाले त्यसको नियन्त्रणमा सक्दो काम गर्ने बताए । यस्तै यहाँको भरतपुर संघीय अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समस्या भएको भन्दै त्यहाँका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण हुने अधिकारीले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले अपराधिक क्रियाकलाप हुन दिने प्रतिवद्धता जनाउनुभयो । जिल्लामा हुने लागु औषध देखि अपराधिक क्रियाकलाप न्यूनिकरणनै मुख्य लक्ष्य रहेको उउनले बताए।

आफु चितवनको जिम्मेवारी लिएदेखि यता पाँच जनालाई बिस्फोटक पदार्थ ओसारपसारको कसुरमा पाँच जनामाथि मुद्दा चलाएको समेत उनले जानकारी दिए। कार्यक्रममा पत्रकार सिडियो पौडेल र एसपी मिश्रले एकसाथ शन्ति सुरक्षका सवालमा ठाँउको ठाँउ कार्वाही नीति आफूहरुको पहिलो प्रथामिकता भएको दावी गरे ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको तर्फबाट सुझाव राख्दै जिल्ला सबै क्षेत्रमा वेथिति रहेको भन्दै सूचना मैत्री चितवन बनाउन माग पनि गरेका थिए ।
भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वका समयमा मात्रै हुने गरेकाले अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने सुझाएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज