वासिङ्टन डीसी । चुनावी नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरे ।
आफ्नो कार्यकाल सकिन ७४ दिन बाँकी रहेकोमा राष्ट्रपति बाइडेनले आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरेर विदा हुन चाहेको बताए ।
उनले भने, ‘हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ। देशले जे चाहान्छ, यहाँको नेतृत्व उसैले गर्छ ।’
राष्ट्रपति बाइडेनले चुनावमा पराजय भएपनि उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका थिए ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।