Advertisement

Day: १८ आश्विन २०८१, शुक्रबार

रत्ननगर वडा नं ७ ले जित्याे वडा स्तरीय फुटवलकाे उपाधि

रत्ननगर वडा नं ७ ले जित्याे वडा स्तरीय फुटवलकाे उपाधि

बागमती, समाचार
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा आयाेजना गरेकाे वडा स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि वडा नं ७ ले जितेकाे छ ।  शुक्रबार नेपाल माविकाे खेल मैदानमा भएकाे फाइनल प्रतिस्पर्धामा वडा नं ८ लाई ०-१ गाेल अन्तरले पराजित गर्दै वडा नं ७ ले उपाधि जितेकाे हाे । प्रतियाेगिताकाे विजेता वडा नं ७ लाई ५५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता वडा नं ८ लाई ३० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । रत्ननगर खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा मेयर प्रलाद सापकाेटा र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले पुरस्कार र शिल्ड हस्तान्तरण गरेका थिए । शिक्षा अधिकृत सुमन सिलवाले सञ्चालन गरेकाे कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक सहित वडाध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे। सामाजिक विकास समितिका संयाेजक बालकृष्ण चापागाईल...
रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु

बागमती, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको छ । माधवपुर माविमा सञ्चालन हुने सो कक्षामा ३५ जनाको सहभागिता रहेको छ । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले सयुक्त रुपमा उद्घाटन गरेका थिए । रत्ननगरका युवाहरुलाई सरकारी सेवामा रोजगारी र्सिजना गर्ने उद्देश्यले लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु गरिएको वडाध्यक्ष तामाङले बताए । लोकसेवा तयारी कक्षा सुरु गर्नुको उद्देश्य धेरै छन उनले भने युवाहरु विदेश पलायन रोक्ने, रोजगारी र्सिजना गर्ने र निजामती सेवामा युवाहरुलाई प्रवेश गराउने प्रमुख उद्देश्य हो । उनले सीप विकासका तालिम भन्दा सरकारी सेवामा प्रवेशक...
नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण

नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण

ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर वडा नं ६ स्थित नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण कार्यक्रम शुक्रबार गरिएको छ । वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी सचिव गीता तिवारीले प्रगति प्रतिवेदन तथा शोभा पाठकले संस्थाको आयव्याय प्रस्तुत गरेकी थिइन् । सो अबसरमा संस्थाकी अध्यक्ष शुशीला भट्टराईले अनाथ बालबालिकाको संरक्षण, शिक्षा र परिवारमा पुनर्मिलनको लागि बाल संरक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको बताइन् । ८ जना बालबालिका आश्रित केन्द्रले हाल सम्म एक दर्जन बढी बालबालिकालाई शिक्षा र परिवारमा पुनर्मिलन गराइसकेको उनले जानकारी दिइन् । विभिन्न दाताहरुबाट सहयोग संकलन तथा आफ्नै लगानीमा अनाथ बालवालिकालाई शिक्षा प्रदान गरेको उनले बताइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले बालसंरक्षण केन्द्र...
दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

Breaking News 2, समाचार, स्वास्थ्य
काठमाडौं |  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कनेको चहलपहल बढेको छ ।  अब स्वास्थसंस्थाहरु पनि केही समय बन्द रहन्छन् भने ग्रामीण भेगको यात्राका कारण सहज स्वास्थ्य सेवा पनि नपाउन सकिन्छ । त्यो भन्दा महत्त्वपूर्ण कुरा त बसको यात्रामै पनि धेरैलाई बान्ता हुने हुन्छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईँले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ । दशैँमा घर जाँदै गर्दा तपाईँले यस्ता केही औषधिहरू छुटाउनु हुँदैन :  मास्क अहिले हामी बिस्तारै गर्मी यामलाई छोडेर चिसोयाममा प्रवेश गरिरहेका छौँ । यस्ताे बेला मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य छ । त्यसबाहेक, धुलो ध...
आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि…

आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि…

मनोरञ्जन, समाचार
नयाँ दिल्ली । हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका सह–उद्घोषक विक्की कौशल थिए । उद्घोषणकै क्रममा विक्की कौशलले शाहरुखलाई कयौं फिल्म जस्तै ‘लालसिंह चड्ढा’ पनि पहिला उनलाई अफर गरिएको भए उनले त्यो फिल्ममा काम गर्थे भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘के म ? आमिरले त यो फिल्म गर्नुहुँदैन थियो’ भन्छन् । उनको यो जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैजना अकमक्क पर्छन् । केही पछि भने शाहरुखले आफूले ठट्टा मात्रै गरेको भन्दै आमिरलाई ‘लभ यू’ भन्छन् । यसपछि विक्कीले शाहरुखलाई ‘पुष्पाः द राइज’ अफर भएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘हे भगवान्, तिमीले त यस्तो कुरा भन्यौ जसले अझै पनि मलाई दुखाई रहेछ । मलाई साँच्चै ‘पुष्पा’ गर्न मन थियो तर अल्लु अर्जुन सरको स्वैग म म्याच गर्न ...
मनाङमा पर्यटकको चहलपहल बढ्यो

मनाङमा पर्यटकको चहलपहल बढ्यो

अर्थ, ताजा अपडेट, समाचार
मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ । गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ । केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए । तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए । पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भने, “यो महिना पदयात्राका लागि उपयुक्त ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज