Advertisement

Day: १७ आश्विन २०८१, बिहीबार

शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा वडा दसैंको अबसरमा सामुहिक दुर्गा पुजा समारोह सूरु भएको छ । शान्तिज्योति युवा समाजको आयोजना गरेको पुजा समारोहको रत्ननगरका मेयर प्रदाल सापकोटाले उद्घाटन गरेका थिए । सोही अबसरमा धर्मसंस्कृति जोगाउन योगदान गरेका १०४ बर्षीय जितन महतो र ८० बर्षीय फडिन्द्रराज न्यौपानेलाई सम्मान गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । महतो र न्यौपानेलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका संस्थापक अध्यक्ष कमल शर्मा भूषालले वडा दसैंको महिमा र दुर्गा पुजाको धार्मिक महत्वका बारेमा प्रकास पारेका थिए । सोही अबसरमा संविधान सभा सदस्य सावित्रीदेवी चौधरीले समेत मन्तव्य राखेकी थिइन् । सो अबसरमा मेयर सापकोटाले मेयर धर्मले मानिसलाई अनुसानमा बाध्ने भन्दै स्थानीय सरका...
‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

मनोरञ्जन
काठमाडौँ | जितु नेपालको मुख्य भूमिका रहेको फिल्म हो ‘ज्वाइँ साब’ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता जितुको बुढ्यौली गेटअप देख्न सकिन्छ । पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टरबाट फिल्ममा जितुको युवादेखि बुढ्यौलीसम्मको अभिनय रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रूपमा चित्रण गरिएको छ । यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ । https:/...
भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : रेनु दाहाल

भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : रेनु दाहाल

अर्थ, बागमती, समाचार
भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले बुधबारदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेसन बनाउन लागेको बताइन् । स्टेसनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उनले जानकारी दिइन् । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेसन बनाउन लागेको बताइन् । महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताइन् । उनले भनिन्, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।” कार्यक्रममा एसोसिएसनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेसन, अटोल्याण्ड, मोटर्स स्पोर्सका ल...
नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

गण्डकी, समाचार
नवलपुर । नवलपुरको जिल्लाका चार स्थानमा बिहीबार यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैँको बेला यात्रुहरुमा हुन सक्ने दुर्व्यवहार, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राखेर दुर्घटनाको जोखिम बढाउने भएकोले त्यसलाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । सदरमुकाम कावासोतीसहित चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको र थप दुई स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिने बन्जाराले बताए । कावासोतीमा स्थापना गरिएको यात्रु सहायता कक्षको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले उद्घाटन गरेका थिए । यात्रु सहायता कक्षको स्थापना गर्दै ढकालले यात्रु सहायता कक्ष देखाउनका लागि मात्र भन्दा पनि कार्यान्वयनमा लैजानेमा बताए । त्यसैगरी आजदेखि नै नवलपुरमा सवारी चालकहरुको लापसे पनि चेकजाँच सु...
गोरखा दरबारमा राखियो जमरा

गोरखा दरबारमा राखियो जमरा

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, धर्म संस्कृति, समाचार
गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा)मा पदस्थापना गराई पानी घडा थापेर जमरा राखिएको उनले बताए। ‘गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौको जमरा राखिएको छ’, उनले भने, ‘उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ।’ यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। प्रतिपदा सुरु भएसँगै कालिका मन्दि...
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो। सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो। (रासस)...
नारायणगढ–मुग्लिन सडकमा डिब्बा ट्रकले बसलाई ठक्कर

नारायणगढ–मुग्लिन सडकमा डिब्बा ट्रकले बसलाई ठक्कर

ताजा अपडेट, बागमती, समाचार
चितवन । भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिएको छ । ना ६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको प्र१–०२–००१ ख ९९८९ नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको हो । डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । बसमा सवार भक्तपुर नगरपालिका९ बस्ने वर्ष १९ की अपिया सुहालको नाकमा चोट लागि सामान्य घाइते भएको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।...
झ्याप्ले खोलामा पुरिएका यात्रुहरूको नामवली

झ्याप्ले खोलामा पुरिएका यात्रुहरूको नामवली

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका ९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर तीन वटा गाडीमा सवार ३५ जनाले ज्यान गुमाए । मृत्यु हुनेमा २५ जना पुरुष नौ जना महिला र एक जना बालिका छन् । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको हायसमा १७ जना र लु १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।घटनास्थलबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । यी हुन् सनाखत भएकाहरूः ३५ वर्षीय प्रकाश कुँवर, बुटवल उपमहानगर-१६ ३३ वर्षीय अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगर-१६ २९ वर्षीय सिर्जना कुँवर, बुटवल उपमहानगर-१६ ५० वर्षीय रमेश प्रसाद...
लिभरपुलले इटालीको बोलोग्नालाई पराजित

लिभरपुलले इटालीको बोलोग्नालाई पराजित

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा इंग्लिस टोली लिभरपुलले इटालीको बोलोग्नालाई पराजित गरेको छ । लिभरपुलले बोलोग्नालाई २े-० गोलले पराजित गरेको हो । लिभरपुलका लागि खेलको ११ औं मिनेटमा एलेक्स म्याक एलिस्टरले पहिलो गोल गरे । मोहमद सलाहले ७५ औं मिनेटमा गोल गरेपछि लिभरपुल २-० ले विजयी भयो । यस जितसँगै लिभरपुल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सुरुवाती दुवै खेल जितेको लिभरपुलको ६ अंक छ । २ खेलमा १ अंक जोडेको बोलोग्ना २६ औं स्थानमा छ । अन्य खेलमा एस्टन भिलले, बायर्न म्युनिकविरुद्ध १-० को ऐतिहासिक जित हासिल गर्यो । बेनफिकाले पनि एटलेटिको म्याड्रिडलाइ ४-० ले स्तब्ध पार्दा युभेन्ट्सले लाइप जिगलाई ३-२ पराजित गर्यो । डायनामो जागरेभ र मोनाकोले २-२ को बराबरी खेले ।...
यसरी हुँदैछ बीपी राजमार्गमा सडक निर्माणको काम

यसरी हुँदैछ बीपी राजमार्गमा सडक निर्माणको काम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सिन्धुली । बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्ड कतिखेर खुल्छ भनेर सबैको चासो छ । चार्डपर्व सुरु भएसँगै पूर्वी नेपाललाई उपत्यकासँग जोड्ने छोटो दुरीको बीपी राजमार्ग यतिखेर क्षतिग्रस्त छ । रोशी खोला र सुनकोसीमा आएको बाढीपहिरोले क्षति भएको खुर्कोट–नेपालथोक–धुलीखेल सडक खण्डको ८४ किलोमिटरमध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । पहिरो गएको दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोसीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ । नेपालथोकबाट अगाडि आँपघारीमा करिब तीनसय मिटर सडकलाई खोलामै झारेर अस्थायी निर्माण गर्ने कामले तीव्रता पाएको छ । आज बिहीबार मध्यान्हसम्ममा खुल्ने गरी काम भइरहेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज