Advertisement

Day: १६ आश्विन २०८१, बुधबार

अनिवार्य अवकाश पाएका प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ

अनिवार्य अवकाश पाएका प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ

Breaking News 1, ताजा अपडेट
काठमाडौं । सर्वोच्च अदालतले अनिवार्य अवकाश पाउनुभएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बिदाइ गरेको छ । २०३८ चैत २७ गतेदेखि शाखा अधिकृतका रुपमा न्यायसेवामा प्रवेश गर्नुभएका प्रधानन्यायाधीश श्रेष्ठले ४२ वर्षपछि अवकाश पाउनुभएको हो । औपचारिक रुपमा असोज १९ गतेसम्म पदावधि रहे पनि बडा दशैंका अवसरमा भोलिदेखि अदालत विदा हुने भएकाले उहाँको आजै बिदाइ गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । आफूले न्यायिक निष्ठा र मिहिनेतले सर्वोच्च अदालतको नेतृत्व गर्नेसम्मको जिम्मेवारीमा पुगेको उल्लेख गर्दै श्रेष्ठले आफूलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।...
ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

ताजा अपडेट
हुम्ला : दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि गएका हुम्लाका २५ वर्षिय धुव्र शाही र सोही ठाउँकी २४ वर्षीया मनसुरा शाहीको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ। बिहान ८ बजेतिर दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि उनीहरु सियाणली खेला गएका थिए।
दसैँमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान

दसैँमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान

ट्रेन्डिङ, बागमती, समाचार
काठमाडौँ | बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् । अरु दिनमा आन्तरिक उडान राति १० बजेसम्म भइसक्थे । तर, बाढीपहिरोपछि आइतबार यता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् । काठमाडौं विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार, मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए । यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले ओहोदोहोर गरेका थिए । मं...
विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

विमानस्थलको पार्किङ ठेक्कामा लिन कोही पनि इच्छुक भएनन्, फेरि खुलाइयो आवेदन

ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । त्रिभुवन अन्र्तरािष्ट्रय विमानस्थलको पार्किङ शुल्क उठाउने जिम्मेवारी नयाँ कम्पनीलाई दिनका लागि खुलाइएको ठेक्का आह्वानमा एउटा पनि आवेदन परेको छैन । विमानस्थलमा भएको पार्किङ शुल्क उठाउने ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको थियो । ३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा एउटा पनि आवेदन नपरेपछि पुन ठेक्का आह्वान गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । असोृज १६ गते (आज) आह्वान गरिएको ठेक्काका लागि ३० दिनभित्र आवेदन दिनुपर्नेछ । ठेक्का लिन चाहनेले न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्म कबोल गरेको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ । यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ । सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकिएपछि नयाँ ठेक्का प्रक्रियाको आह्वान भइरहेपनि अहिले उसैले पार्क...
निरूता सिंह र उत्तम प्रधानको अभिनयमा ‘यो जुनी यस्तै भो’ गीत (भिडिओ)

निरूता सिंह र उत्तम प्रधानको अभिनयमा ‘यो जुनी यस्तै भो’ गीत (भिडिओ)

मनोरञ्जन
काठमाडौं | अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ वर्षपछि संगै देखिएका छन्। उत्तम र निरूताले 'यो जुनी यस्तै भो' मा संगै अभिनय गरेका हुन्। रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडिओमा उत्तम र निरूताको साथमा यसोधा रूचाल र आलोक अर्यालको पनि अभिनय रहेको छ। निरूता र उत्तमले 'दर्पणछाँया, लहना, उपहार' जस्ता फिल्ममा एकसाथ अभिनय गरेका छन्। https://www.youtube.com/watch?v=UJB3XHWOMrY...
नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

Breaking News 1
काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही बेरअघि पुगेको थियो । उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको स्रोतले बतायो । झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकातिर कोल्टिएको थियो ।...
माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

कोशी प्रदेश, समाचार
सिमकोट | माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दशैका लागि सरसफाइ गर्न घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो। ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाईते भएको प्रहरी निरीक्षक सुरेश सुबेदीले बताए। मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीय सरा मल्ल रहेको उनले बताए। त्यसैगरी माटोको ढिस्कोमै पुरिएर सो वडाकी वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन्। माटोको ढिस्कोमा पुरिएको साल निकाल्ने कार्य भइरहेको स्थानीय गोपाल बुढाले बताए। उनका अनुसार यो घटना अहिले बिहान भएको हो। दशैको अवसरमा घरआँगन सफा गर्नको लागि माटो निकालेर घर लिपपोत गर्ने गरिन्छ।...
रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

ट्रेन्डिङ, बागमती, समाचार
रत्ननगर । चितवनमा नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा बुधबारदेखि सुरू भएको छ । रत्ननगर नगरपालिका वडा नं १० वाट उक्त सेवा सुरु गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । रत्ननगर वडा नं १० जागृती टोल निवासी सिद्धान्त शर्माको जिल्लामै पहिलो पटक अनलाइनबाटै नागरिकताको सिफारिस गरी सेवा सुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी दिए । वडा नं १० मा उद्घाटन भएपछि जिल्लाका ९८ वटै वडामा सेवा सुरु भएको उनले जनाकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले सुचना प्रविधिको युगमा नेपाल सरकारले सुरु गरेको अनलाइनबाटै नागरिकताको सिफारिसको काम स्वागत योग्य रहेको बताए । नागरिकताको लागि फारम भर्न लाइन बस्नु पर्दा सेवाग्रा...
रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

बागमती, स्वास्थ्य
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजना तथा ब्लड डोनर्स सोसाइटी रत्ननगर प्रस्तावित समितिको सहआयोजनामा भएको सो कार्यक्रममा दुई जना महिला सहित ३४ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको हो । ब्लड डोनर्स सोसाइटी चितवनका चितवनका सचिव विपिन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना लगायतले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रमका लागि रत्नप्रिय क्लव, नेपाल बजार विक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय समिति र राम्रो दृष्टि हाम्रो दृष्टि नामक संस्थाले सहयोग गरेका थिए । सोसाइटीका जिल्ला कोषाध्यक्ष सन्तोष थाप...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज