काठमाडौं | अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ वर्षपछि संगै देखिएका छन्। उत्तम र निरूताले ‘यो जुनी यस्तै भो’ मा संगै अभिनय गरेका हुन्।

रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडिओमा उत्तम र निरूताको साथमा यसोधा रूचाल र आलोक अर्यालको पनि अभिनय रहेको छ।
निरूता र उत्तमले ‘दर्पणछाँया, लहना, उपहार’ जस्ता फिल्ममा एकसाथ अभिनय गरेका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।