सिमकोट | माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दशैका लागि सरसफाइ गर्न घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो।
ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाईते भएको प्रहरी निरीक्षक सुरेश सुबेदीले बताए। मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीय सरा मल्ल रहेको उनले बताए।

त्यसैगरी माटोको ढिस्कोमै पुरिएर सो वडाकी वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन्। माटोको ढिस्कोमा पुरिएको साल निकाल्ने कार्य भइरहेको स्थानीय गोपाल बुढाले बताए।
उनका अनुसार यो घटना अहिले बिहान भएको हो। दशैको अवसरमा घरआँगन सफा गर्नको लागि माटो निकालेर घर लिपपोत गर्ने गरिन्छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।