लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)
चितवन। थारु महिलाहरुको महान चाड जितियाको अवसरमा डीयर लभ फिलिम्स युट्युब च्यानलमार्फत थारु भाषा लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक गरिएको छ ।
लघु चलचित्रको लेखन/निर्देशन किशोर चौधरीले गरेका हुन् । निर्देशक चौधरीले यसअघि दर्जनभन्दा बढी लघु चलचित्र ,चलचित्र,म्युजिक भिडियोलगयत्को निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक महेश चौधरीले अन्य म्युजिक भिडियोमा गीत तथा स्वर देएका छन् ।
किशोर चौधरीको सम्पादनमा नै रहेको चलचित्रमा किशोर चौधरी, आस्मा महतो, सुस्मिता महतो, बुद्धिराम महतो, जितेन्द्र चौधरीलगायतले अभिनय गरेका छन् ।
थारु महिलाको धर्मिक आस्थालाई यथार्त चित्रन गरेएको विषयवस्तु चलचित्रमा उतारिएको छ ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=qbbyXd46Y0Y...




















