मेलम्ची भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष कैद, बिगो बराबर जरिवाना

काठमाडौं | मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतले नेपाल सरकारका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई जनही ८ वर्षका दरले कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरले १० करोड १० लाख ६१ हजार ७५ रूपैयाँबराबरको भ्रष्टाचार गरेको ठहर गर्दै बिगो असुल गरी त्यति नै जरिवाना र ८ वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको हो ।

विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो ।

यसैगरी, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलबाट पनि ठाकुरसरह २० करोड ४१ लाख असुलसहित आठ वर्ष एक महिना कैद हुने फैसला भएको छ ।त्यसैगरी, आयोजनाका तत्कालीन लेखा अधिकृत रामचन्द्र देवकोटाबाट पाँच करोड ९१ लाख असुल हुने र आठ वर्ष एक महिना कैद सजाय हुने फैसला भएको छ ।

यस्तै, परामर्शदाता कम्पनी इप्टिसा–बीईटीएसजेभीका डेपुटी टिमलिडरशिवकुमार शर्मा भ्रष्टाचारमा मतियार ठहर गरी बिगो र जरिवानासहित पाँच करोड ९१ लाख असुल हुने ठहर गरी आठ वर्ष कैद निर्धारण गरेको छ । उनको उमेर ६५ वर्ष नाघेकाले उनले २५ प्रतिशत (दुई वर्ष) कम बस्नुपर्ने छ ।

यस्तै, परामर्शदाता कम्पनी इप्टिसालाईबिगो र जरिवानासहित १२ करोड ४४ लाख जरिवाना हुने फैसला भएको छ । अर्को परामर्शदाता कम्पनी बीईटीएसलाई त्यति नै जरिवाना हुने फैसला भएको हो ।

यस्तै, निर्माण कम्पनी सीएमसी डी रविनाबाट बिगो र जरिवाना गरी ५२ करोड २२ लाख असुल गर्ने फैसला भएको छ । समग्रमा एक अर्ब २३ करोड ८३ लाख असुल गर्नुपर्ने फैसला विशेष अदालतबाट भएको छ ।

अख्तियादर दुरुपयोग अनुसन्धान आयोगले १५ जना व्यक्ति र तीनवटा कम्पनीविरुद्ध ६ अर्ब ७३ करोड बराबरको बिगो कायम गर्दै गत फागुन ६ गते मुद्दा दायर भएको थियो । विशेषले पूर्वसचिव भीम उपाध्यायसहित डा. संजय शर्मा, मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङलाई भने सफाइ दिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज