दसैँमा ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । प्रत्येक नेपालीका लागि दसैं–तिहार विशेष पर्व हो । अझ नेपाली फिल्मकर्मीका लागि त झन् दसैँ खास हुने गर्दछ । नेपाली फिल्मको व्यापारका लागि दसैँ–तिहार सबैभन्दा उत्तम समय हो । त्यसैले पनि नेपाली फिल्म निर्माताहरू जति सक्दो दसैँ–तिहारमा आफ्नो फिल्म ल्याउन खोज्छन् ।

यसैक्रममा यस पटकको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट तीन नेपाली फिल्म आउने पक्का भइसकेको छ । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’ गरी तिन ठुला फिल्म एकै चोटि रिलिज हुँदैछन् । बहुप्रतिक्षित मानिएका तीन वटै फिल्म सँगै आउँदा, कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा चलेको छ ।

सामाजिक सञ्जालमा तीन वटै फिल्मको चर्चा चुलिएको पाइन्छ । विशेषगरी युट्युबमा तीन वटै फिल्मका सामाग्री ट्रेडिङ्गमा छन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा ५’ को दुई वटा गीत मात्रै सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक ‘बिहे भाको छैन’ बोलको गीतले झन्डै ६० लाख जति भिजिटर बटुलेको छ भने पाँच दिनअघि सार्वजनिक गीत ‘ब्रेकअप’ले ३५ लाखभन्दा बढी भिजिटर बटुलेको छ । ‘छक्कापन्जा ५’ को टिजर र ट्रेलर भने रिलिज भएको छैन ।

यता, बिराज भट्टको बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ’को टिजरसहित दुई वटा गीत सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक टिजरले १७ लाख बढी भिजिटर बटुलेको छ भने दुई साताअघि सार्वजनिक ‘सिनेमा हेर्न जाऊँ’ बोलको गीतले झन्डै १५ लाख र दुई दिनअघि सार्वजनिक ‘कसो कसो’ बोलको गीतले साढे दुई लाख भिजिटर बटुलेको छ ।

यता, ज्वाइँ साबको टिजर र एउटा गीत सार्वजनिक भएको छ । तीन साताअघि सार्वजनिक टिजरले करिब ६ लाख जति भिजिटर बटुलेको छ भने दुई साताअघि सार्वजनिक ‘कसम बत्तिको’ बोलको गीतले १४ लाख हाराहारीमा भिजिटर बटुलेको छ ।

यूट्युब र अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा देखिएको भिजिटरलाई हेर्दा ‘छक्का पन्जा ५’ प्रति धेरैको चासो बढेको देखिन्छ । यसअघिका सिरिजको उत्साहपूर्ण सफलतासँगै पछिल्लो सिरिजले पनि सफलता पाउन सक्ने अनुमान पछिल्लो चर्चाबाट गर्न सकिन्छ ।

यद्यपि, ‘छक्का पन्जा ५’मा धेरै चर्चित कलाकारको सहभागिता छ । उनीहरूको सहभागिताले पनि फिल्मलाई थप चर्चा बटुलेकोमा दुबिधा छैन ।

तर, ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’भन्दा फिल्म ‘१२ गाउँ’ फरक जनरामा बनेको फिल्म हो । ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ कमेडी जनरामा बनेका फिल्म हुन् भने ‘१२ गाउँ’ एक्सन जनरामा बनेको फिल्म हो ।

‘१२ गाउँ’मा मुख्य भूमिकामा देखिएका कलाकार नयाँ मात्रै छैनन्, केही चर्चित भारतीय कलाकार पनि छन् । भारतीय सिनेमाबाट लोभिनेको लागि यो निकै महत्वपूर्ण छ ।
यसआधारमा फरक–फरक रोजाइका दर्शकले कुनलाई कति महत्व दिन्छन् यकिनपूर्वक भन्न सकिन्न । यद्यपि, दसैँमा यी तीन फिल्मबिच बलियो प्रतिस्पर्धा हुनेमा दुबिधा छैन ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज