Advertisement

Day: ६ आश्विन २०८१, आईतवार

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीलाई जिप्रका कास्की पुर्‍याइयो

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीलाई जिप्रका कास्की पुर्‍याइयो

Breaking News 2, कास्की, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
कास्की । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको छ । काठमाडौंबाट पक्राउ परेका छबिलाललाई हवाइजहाजबाट पोखरा ल्याइएको हो । सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जोशीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । गत माघमा जोशीको शंखमूलस्थित घरबाट प्रहरीले छापा मारी पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको थियो । यद्यपि जोशीले आफू सहकारीको रकम अपचलनमा संलग्न नहरेको दाबी गर्दै आउनु भएको थियो । जोशीको घरमा सहकारीको रकम ठगी आरोपमा फरार रहेका जीबी राईको नेचर हर्ब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहीँबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ...
रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं | कप्तान रोहित पौडेल रन आउट र अनिल शाह क्याच भएसँगै नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै संकटमा परेकोछ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएको छ । रोहित ११ औं ओभरको दोस्रो बलमा ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए । मिडअनमा सट खेल्दै एक रनका लागि दौडिए पनि ननस्टाइकमा आरिफ शेख थोरै अघि बढेर फर्केपछि दुबै ब्याटर एउटै एण्डमा भएका थिए । जसको कारण विकेटकिपर श्रेयस मोभ्भाले रन आउट गरेका थिए । अनिल साह प्रविन कुमारको १२ औं ओभरको अन्तिम बलमा हर्ष ठाकेरबाट १ रनमा क्याच आउट भएपछि नेपाल ३६( ५ ) को अवस्थामा पुगेको छ । त्यसअघि नेपालका शीर्ष तीन ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर आसिफ शेख २, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए ।...
क्यानडाविरुद्ध नेपालको कमजोर सुरुवात

क्यानडाविरुद्ध नेपालको कमजोर सुरुवात

समाचार
काठमाडौं | नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध कमजोर सुरुवात गरेको छ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएकोछ । गुल्सन झा र आरिफ शेख क्रिजमा छन् । नेपालले ओपनर आसिफ शेखलाई २ रनमा गुमाएको थियो । बायाँ हाते बलर कलिम सानाको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखको ब्याटमा एज लाग्दै बल स्टम्पमा लागेपछि उनी बोल्ड हुन पुगेका थिए ।...
१० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाको टोली सोमबारै फर्किने

१० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाको टोली सोमबारै फर्किने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ । विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । ‘पार्टीले निर्देशन दिएको होइन, उहाँहरु यहाँको राजनीतिक अवस्थाले फर्कन लाग्नु भएको हो,’ कार्कीले भने । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष...
दुर्गा प्रसाईं किन समातिए ?

दुर्गा प्रसाईं किन समातिए ?

Breaking News 1, समाचार
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमिी नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने पक्राउ परेका छैनन् । भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको ब्यूरोका एसएसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ । एसएसपी अवस्थीका अनुुसार रास्वपाकी एक नेतृले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृ प्रहरीको साइबर ब्यूरोमा पुगेकी थिइन्...
ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु

ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु

Breaking News 2, रूपन्देही
काठमाडौं | ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकी छन् । कार सारुले चलाइरहेका थिए । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको ज्यान गएको दूतावासले जनाएको छ ।...
रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

Breaking News 1, ताजा अपडेट, रूपन्देही
काठमाडौं । जबरजस्ती करणीको आरोपमा रूपन्देही प्रहरीले चार जना भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । असोज ३ गते भैरहवामा रहेको होटल अरोमामा भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षकी युवतीलाई उनकै साथीहरूले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले दिएको जाहेरीका आधारमा गत बिहीबार नै होटलबाटै पक्राउ परेका आरोपीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खान, सोही ठाउँका ३७ वर्षीय अफरोज समी, २७ वर्षका सालु खान र गोरखपुर जिल्लाका २७ वर्षका बब्लु खान रहेका छन् । त्यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिकाका २५ वर्षका अकबर खान र ३२ वर्षका साहरुख तेलीलाई समेत पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरूलाई शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । ...
जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

Breaking News 1, काभ्रे, समाचार
काभ्रे । जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ । धुलिखेल नगरपालिका ९ र ११ को सिमाना काभ्रेभञ्ज्याङ विपी राजमार्ग सडक खण्डमा नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सिराहबाट भुस्सा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१७९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा भुस्साभित्र अवैध रुपमा लुकाई छिपाई ल्याएको २६ कार्टुन पटका फेला पारी ट्रकसहित पटाका नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजतलास जारी रहेको छ भने थप अनुसन्धान कार्य भैरहेको छ । काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार बरामद गरिएको कार्टुनमा ‘जोकर’ लेखिएको पटका ५ पाँच काटुन ९प्रति कार्टुनमा ८० प्याकेटको दरले जम्मा ४०० प्याकेट० बरामद गरिएको हो ।...
पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिप

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिप

Breaking News 2, खेलकुद
काठमाडौं। उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो। पुलिसले पहिलो सेट २५–१६ ले सहजै जितेको थियो। तर, त्यसपछिका दुई सेट भने पुलिसलाई सहज भएन। प्राम्भिक चरणमा कमजोर प्रदर्शन गरेको हुमोले यसपल्ट भने सुधारिएको प्रदर्शन गर्‍यो। दोस्रो सेट पुलिसले जित्यो। तर, उसले कडा संघर्ष गर्दै उक्त २५–२२ ले आफ्नो पक्षमा बनायो। तेस्रो तथा अन्तिम सेट पनि पुलिसले संघर्ष गर्दै २५–२३ ले आफ्नो बनाएको हो।...
Match Day ! Rhinos are ready to take on Canada at 8:45 PM.

Match Day ! Rhinos are ready to take on Canada at 8:45 PM.

Breaking News 2, खेलकुद
Match Day! Nepal takes on canada tonight in the third match of the Canada series. After a tough loss in the two match, Nepal is looking for a strong comeback. Best wishes, Team Nepal!
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज