काठमाडौं | ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकी छन् । कार सारुले चलाइरहेका थिए । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको ज्यान गएको दूतावासले जनाएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।