Advertisement

ताजा अपडेट

सोती घटनामा उच्‍च अदालतबाट २३ जनाको जन्मकैद सजाय सदर, जातीय विभेदको कसुर बदर

सोती घटनामा उच्‍च अदालतबाट २३ जनाको जन्मकैद सजाय सदर, जातीय विभेदको कसुर बदर

Breaking News 1, कर्णाली, ताजा अपडेट, समाचार
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ। अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। 'फैसलामा आंशिक उल्टी भएको छ। रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। त्यो सदर भएको छ,' थापाले भने, 'जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो।' जन्मकैद २५ वर्ष हुन्छ। यो घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँ...
म्याद थपपछि इजलासबाट निस्कदै रवीन्द्र मिश्रलाई न्यायाधीशको यस्तो कटाक्ष

म्याद थपपछि इजलासबाट निस्कदै रवीन्द्र मिश्रलाई न्यायाधीशको यस्तो कटाक्ष

Breaking News 1, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत बास लम्बिएको छ । आज पाचौंपटक म्याद थप गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई थप एक हप्ता थुनामा राख्न अनुमति दिएको हो । गत चैत १० गते अदालतले ३ दिन मात्रै म्याद थपेको थियो । त्यसबेला न्यायाधीशले अर्काेपटक छोड्न सकिने संकेत समेत गरेका थिए । तर आज न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले मिश्रलाई निराश पारे । अदालतमा उपस्थित राप्रपा स्रोतका अनुसार न्यायाधीशको निर्णय मात्र मिश्रको खिलाफ थिएन, उनको हाउभाउ पनि पूर्वाग्रहपूर्ण देखिन्थ्यो । निर्णयमा हस्ताक्षरपश्चात उनले मिश्रलाई घोचपेचसमेत गरे । जलासबाट बाहिरिँदै गर्दा उनले मिश्रतर्फ हेर्दै हाउभाउसहित भने, ‘तपाईंहरू यत्रो महाअभियानमा हिँड्नुभएको रहेछ। तपाईंहरूको अपेक्षाबमोजिम निर्णय गर्न सकिएन, ७ दिन म्याद थप गरिदिएको छु ।’ मिश्रले मुस्कुराउँदै हस् मात्र भने ।...
राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रतिनिभिसभा अन्तर्गतको शिक्षा समिति सदस्य चयन भएकी छन् । गत सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनलाई आजको बैठकले समिति सदस्यमा चयन गरेको छ । त्यस्तै, बर्खास्तीमा परेका निवर्तमान ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि अर्थ समितिमा अटाएका छन् । सभामुख देवराज घिमिरेले विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर तथा थप गरिएकोबारे जानकारी गराएपछि सांसदहरुले टेबल ठोकर अनुमोदन गरेका हुन् ।...
कसरी मनाइन्छ मातातीर्थ औँसी ?

कसरी मनाइन्छ मातातीर्थ औँसी ?

ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन । मातातीर्थ औँसी माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ । मातृदेवो भव । अर्थात् आमाहरू देवता हुन् । यस लोकम...
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज (आइतबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने का...
भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिरहेछ धर्तीः अनुसन्धान

भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिरहेछ धर्तीः अनुसन्धान

Breaking News 2, ताजा अपडेट, समाचार
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने बताइएको छ । यो अनुसन्धान लस अलामोस नेशनल ल्याबोरेटरीका भूकम्पविद्हरूले गरेका हुन्। सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिकाको बुलेटिनमा प्रकाशित नयाँ  लेखमा उल्लेख भए अनुसार प्राकृतिक भूकम्प नआएर परमाणु परीक्षण गरिएको हुनसक्छ। अनुसन्धानले देखाउँछ कि भूकम्प र गोप्य रूपमा भूमिगत आणविक परीक्षणहरू बीचको भिन्नता छुट्याउन धेरै गाह्रो छ। प्राकृतिक भूकम्पका संकेतहरूबाट सम्भावित विस्फोट मास्किङ विश्वभरि परमाणु परीक्षणहरूको निगरानी गर्न जिम्मेवार वैज्ञानिकहरूको समुदायको लागि चिन्ताको विषय हो। उत्तर कोरियाले विगत २० वर्षमा ६ वटा आणविक परीक्षणहरू गरेको छ र बढेको क्षेत्रीय भूकम्पीय गतिविधिले हामीले प्रारम्भिक अनुमान गरेको भन्दा परीक्षण क्षेत्रक...
प्रधानमन्त्री ओलीले चैत १८ गते सदनमा जवाफ दिने

प्रधानमन्त्री ओलीले चैत १८ गते सदनमा जवाफ दिने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते सदनमा सम्बोधन गर्ने भएका छन्। विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताए। विपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न विपक्षी तयार नभएको उनले बताए। आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको उनले जानकारी दिए। कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन्।...
काठमाडौंको तिनकुने, कोटेश्वर र सिनामङ्गल”कर्फ्यु”

काठमाडौंको तिनकुने, कोटेश्वर र सिनामङ्गल”कर्फ्यु”

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौंको तिनकुने, कोटेश्वर र सिनामङ्गल लगायतका Area मा जिल्ला प्रशासन कार्यालयले "कर्फ्यु" लगाएको छ।
नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए

नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगो लगाएका छन् ।
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

Breaking News 1, ताजा अपडेट, समाचार
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो । घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज