Advertisement

ताजा अपडेट

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल राना छन् । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । हात्ती धपाउन जाँदा उल्टै आक्रमण गरेको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले जानकारी दिए ।...
आजको मौसमः भारी वर्षा हुने पूर्वानुमान

आजको मौसमः भारी वर्षा हुने पूर्वानुमान

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ । त...
फिल्म ‘एक्लो’ को सेटमा बाढीले क्षति

फिल्म ‘एक्लो’ को सेटमा बाढीले क्षति

ताजा अपडेट, मनोरञ्जन
काठमाडौँ । फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्‍याएको छ । गत महिना काठमाडौँमा शुभ मुहूर्त गर्दै छायाङ्कनका लागि मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार पारेको थियो । बाढीले निर्माण गरेको सम्पूर्ण सेटमा क्षति पर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले जानकारी दिए । उनले बाढीले सेट बगाउँदा ठुलो आर्थिक घाटा भएको बताए । प्रदीप शाहीको निर्देशन रहेको फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन छ । हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एभनराज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बालकलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङ लगा...
‘बचत फिर्ता नगर्नेलाई म दुःखीको आँशु लागोस्’

‘बचत फिर्ता नगर्नेलाई म दुःखीको आँशु लागोस्’

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
चितवन — खैरहनी नगरपालिका–१ बहेरीकी बगडी महतोले बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेकी थिइन् । साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रत्ननगर शाखामा आफूले बचत रकम जम्मा गरेको उनले बताइन् । अहिले त्यो सबै रकम खाइदिएको उनको गुनासो छ । एकल महिला भएका कारण उनले सामाजिक सुरक्षा भत्ता पाउँछिन् । ५३ वर्षीया उनी दैनिक निमेक–मजदुरी पनि गर्छिन् । ‘गाउँमा भोज–भतेर हुँदा रातिसम्म भाँडा माझ्ने गर्छु । खेतमा ज्याला मजदुरी गर्छु,’ उनले भनिन्, ‘भत्ताको पैसा र केही जोहो गरेको रकम सहकारीमा जम्मा गरेकी थिएँ । अहिले सबै खाइदिए ।’ बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेको उनले सुनाइन् । २०७८ सालको भदौतिरबाट आफूले सहकारीमा पैसा राख्न थालेको उनको भनाइ छ । तर वर्ष दिन हुँदा नहुँदै बचत फिर्ता पाउन गाह्रो भयो । एक दिन साह्रै बिरामी भएर उप...
रिलिजको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरियो (भिडियो)

रिलिजको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरियो (भिडियो)

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको छ । सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ । भिडियोमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिएका छन् । दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के...
लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चितवन। थारु महिलाहरुको महान चाड जितियाको अवसरमा डीयर लभ फिलिम्स युट्युब च्यानलमार्फत थारु भाषा लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक गरिएको छ । लघु चलचित्रको लेखन/निर्देशन किशोर चौधरीले गरेका हुन् । निर्देशक चौधरीले यसअघि दर्जनभन्दा बढी लघु चलचित्र ,चलचित्र,म्युजिक भिडियोलगयत्को निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक महेश चौधरीले अन्य म्युजिक भिडियोमा गीत तथा स्वर देएका छन् । किशोर चौधरीको सम्पादनमा नै रहेको चलचित्रमा किशोर चौधरी, आस्मा महतो, सुस्मिता महतो, बुद्धिराम महतो, जितेन्द्र चौधरीलगायतले अभिनय गरेका छन् । थारु महिलाको धर्मिक आस्थालाई यथार्त चित्रन गरेएको विषयवस्तु चलचित्रमा उतारिएको छ । हेर्नुस् भिडियो: https://www.youtube.com/watch?v=qbbyXd46Y0Y...
रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं | चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गरेको छ । तत्काल प्रमाण नपुगेको भन्दै चितवन प्रहरीले पछि थप प्रमाण भेटिएका बेला मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिबी राई समूहले चितवनमा चलाएको सहारा चितवन सहकारीको हिनामिना मुद्दामा जाहेरी दर्ता भएको एक वर्षपछि प्रहरीले अनुसन्धान टुंगाएको हो । मुद्दाको हदम्याद अुनसार बुधबारभित्र अभियोग दायर गरिसक्नुपर्ने हुन्छ । सोहीकारण सोमबार नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । तत्कालका लागि जिबी राई लगायत सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको छ । प्रहरी स्रोतका अनुसार अभियोगपत्रमा रवि लामिछाने र छवि जोशीको नाम पनि छ । तर, उनीहरुको हकमा थप प्रमाण खुलेको बखतमा मुद्दा चलाउने उल्लेख छ ...
नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

गण्डकी, ताजा अपडेट, समाचार
नवलपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।...
रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश
रौतहट । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडियो हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन् । नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्। प्रशासनबाट सहजरुपमा गैर आवासिय नेपाली नागरिकता प्राप्त भएपछी जर्मनी नागरिक अली खुसी संगै आभार प्रकट गरेका थिए ।...
त्रिशूली थ्री-बी सबस्टेसनको काम चाँडो सक्न ऊर्जामन्त्री खड्काको निर्देशन

त्रिशूली थ्री-बी सबस्टेसनको काम चाँडो सक्न ऊर्जामन्त्री खड्काको निर्देशन

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री-बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सक्न निर्देशन दिएका छन्। सबस्टेसनको मंगलबार स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन्। ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए। ‘सबस्टेसन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री–बी हब सबस्टेसनमा ल्याउन निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,’ऊर्जामन्त्री खड्काले भने। त्रिशूली थ्री–बी हब २२०/१३२/३३ केभी सबस्टेसनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज