काठमाडौँ । फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहूर्त गर्दै छायाङ्कनका लागि मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार पारेको थियो । बाढीले निर्माण गरेको सम्पूर्ण सेटमा क्षति पर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले जानकारी दिए । उनले बाढीले सेट बगाउँदा ठुलो आर्थिक घाटा भएको बताए ।
प्रदीप शाहीको निर्देशन रहेको फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन छ । हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एभनराज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बालकलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङ लगायतको फिल्ममा अभिनय रहनेछ ।

‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । राजु तामाङको द्वन्द्व फिल्ममा रहनेछ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।