Advertisement

ताजा अपडेट

प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकास श्रेष्ठले सफा उर्जा उत्पादन प्रा.लि. चितवनमा सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगको स्थलगत अबलोकन तथा निरीक्षण गरेका छन् । खैरहनी वडा नं ४ चैनपुरमा अबस्थित उद्योगको मन्त्री श्रेष्ठ सहित उद्योग बाणिज्य संघ मकवानपुरको अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्वल चौलागाईँले समेत प्रशोधन उद्योगको अबलोकन गरेका हुन । सफा उर्जाका निर्देशक निर्णय पौडेलले मन्त्री श्रेष्ठ र व्यवसायीहरुलाई उद्योगमा स्वागत गरेका थिए भने सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले सफा उर्जाले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन र वाताबरण संरक्षणमा गरेका कामहरुको विषयमा मन्त्री तथा व्यवसायीलाई जानकारी गराएका थिए । उद्योगको अनुगमन र निरीक्षणपछि मन्त्री श्रेष्ठले निजी क्षेत्रबाट फोहोर दीगो व्यवस्थापनको लागि चितवनमा सुरु गरिएको कामको प्रशंसा गर्दै प्रद...
गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राईनो पार्क बन्दै

गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राईनो पार्क बन्दै

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
चितवन । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छन्। उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताइन् । उनका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ । राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन्। बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ । भरतपुर महागनरपालिक...
८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

Breaking News 1, काभ्रे, ताजा अपडेट, बागमती, समाचार
अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ। यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको मंगलबार पनि खोजी सुरू गरिएको प्रहरीले ज...
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ

गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
नयाँ दिल्ली । पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’ पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् । ‘हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ’ उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको सम...
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

Breaking News 2, गण्डकी, ताजा अपडेट, धर्म संस्कृति, शिक्षा, समाचार
पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।  ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष...
भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ। संयुक्त राष्ट्र संघले उक्त विज्ञप्तिको जवाफ दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारबाहीप्रति चिन्तित रहेको बताएका छन्। एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने, ' एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेका छन्। विश्वले भारत र पाकिस्तान बीचको सैन्य टकराव सहन सक्दैन।' यसअघि मे ५ मा, गुटेरेसले  सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव धेरै वर्षयताकै उच्चतम बिन्दुमा रहेको बताएका थिए। उनले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका थिए।...
पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी

पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले  पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ। विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ भनेर रोयटर्सले लेखेको छ। राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो। भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन्। यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी से...
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, हेटौँडा-काठमाडौं यात्रा गर्दा अन्य  मार्ग प्रयोग गर्न आग्रह

बाढीले बागमती खोलाको डाइभर्सन बगायो, हेटौँडा-काठमाडौं यात्रा गर्दा अन्य मार्ग प्रयोग गर्न आग्रह

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं : गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६:०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ। प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।  ...
रास्वपा खैरहनी नगर समितिको अधिबेशन सम्पन्न

रास्वपा खैरहनी नगर समितिको अधिबेशन सम्पन्न

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चितवन - रास्ट्रिय स्वतन्त्र पाटी खैरहनी नगर समितिको सभापतिमा राज सिलवाल चयन भएका छन् । बिहीबार सम्पन्न प्रथम नगर अधिबेशनले सिलवालको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । सभापति सहित अन्य पद सर्वसम्मत भए पनि उपसभापति र सचिव चयनका लागि भने निर्वाचननै भएको छ । उपसभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । उपसभापतिमा निर्वाचित बाबुराम रिजालले ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि सारदा खडकाले ५३ मत मात्र पाए । सचिवमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । वर्तमान सचिव समेत रहेका उत्तम अधिकारीले सुरेन्द्र तिवारीलाई पराजित गरे । अधिकारिले ११० मत पाउँदा तिवारीले ३४ मत मात्र प्राप्त गरे । कुल २१८ प्रतिनिधि रहेपनी निर्वाचनमा १४७ जना मात्र उपस्थित थिए । समितीको सहसचिवमा भवानी प्रसाद रखाल चयन भए । खुल्ला सदस्यमा पदम चुवान, राजाराम खरेल,प्रदीप सापकोटा ,महिला सदस्यमा सुलोचना अधिकारी ,सीता ब...
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्

फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, बागमती, शिक्षा
काठमाडौँ : भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेपछि दोषीलाई कारबाही गर्न माग गरेको छ । एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा शाह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो । गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज