उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
काठमाडौं | मंसिर १६ गते हुने स्थानीय तहको उप–निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमवार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ । आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलवार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलवार नै प्रकाशित गर्ने छ । त्यस्तै बुधवार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।
यसअघि आइतवार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो । अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।...



















